मुख्य सामग्रीमा जानुहोस्
Friday, 23 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

प्रचण्ड इतिहासमा कमै जन्मिने क्रान्ति र शान्ति दुवैका नायक हुन् : पौडेल

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौँ । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शान्ति र क्रान्ति दुवै प्रक्रियाको नायक भएको बताएका छन्।

गोरखाको पालुङटार नगरपालिकामा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले गिरिजाप्रसाद कोइराला जस्तै प्रचण्ड पनि शान्ति र क्रान्ति दुवैको नायक भएको बताएका हुन्।

‘शान्ति र क्रान्ति दुवैको नायक इतिहासमा कमै जन्मन्छन्’, वरिष्ठ नेता पौडेलले भने, ‘प्रचण्ड पनि त्यसमध्येका एक नेता हुनुहुन्छ।’ उनले कांग्रेसलगायतका गठबन्धनका दलले आवश्यकताअनुसार प्रचण्डलाई गोरखा पठाएको बताए।

वरिष्ठ नेता पौडेलले संविधानको रक्षाका लागि गठबन्धन बनेको भन्दै यहीँ अब गठबन्धनले मात्रै राष्ट्रलाई समृद्धिको दिशामा लैजाने बताए। प्रचण्डले निर्वाचन जितेर गएपछि उनले नै देशको नेतृत्व गर्न सक्ने पौडेलको दाबी छ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।