मुख्य सामग्रीमा जानुहोस्
Thursday, 22 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

प्रदीप खड्काले मागे कांग्रेस उम्मेदवार विनोद चौधरीलाई भोट

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । अभिनेता प्रदीप खड्का नेपाली कांग्रेसका उम्मेदवारको पक्षमा खुलेका छन् । मंगलबार बर्दघाटमा नवलपरासी–१ बाट कांग्रेस उम्मेदवार विनोद चौधरीको चुनावी सभामा प्रदीप पनि सहभागी भए ।

सोही कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी थिए । आयोजकले प्रदीपलाई मञ्चमै आसन ग्रहण गराएका थिए । लामो कपाल, कालो चस्मा र कोटमा सजिएका प्रदीप देउवा र प्रचण्ड पछाडिको लहरमा बसेका थिए ।

प्रदीपले आमसभालाई सम्बोधन समेत गरेर विनोद चौधरीलाई जिताउन मतदातालाई अपील गरे । यसअघि राजनीतिक विषयमा नखुलेका प्रदीपले यो चुनावमा गठबन्धनको पक्षमा आफूलाई खुलाएका हुन् । भारतबाट आएलगत्तै प्रदीप उम्मेदवार चौधरीलाई भोट माग्न सिधै नवलपरासी पुगेका हुन् ।

गत साता विनोद चौधरीका लागि माग्न अभिनेता तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी पनि नवलपरासी पुगेका थिए । त्यसपछि केसीलाई निर्वाचन आयोगले कारवाही किन नगर्ने भन्दै स्पष्टीकरण सोधेको थियो ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।