मुख्य सामग्रीमा जानुहोस्
Friday, 18 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
लुम्बिनी प्रदेश

ज्याकलिन फर्नान्डिज भारतबाट भाग्ने कोसिस गरेको खुलासा

Himali Patrika 1 मिनेट पढाइ

अभिनेत्री ज्याकलिन फर्नान्डिज भारत छाडेर भाग्ने कोसिस गरेको प्रवर्तन निर्देशनालय (ईडी)ले खुलसा गरेको छ । महाठग सुकेश चन्द्रशेखरको २ यस करोड ठगी मुद्दामा पक्राउ परेकी ज्याकलिनको जमानतमा ईडीले विरोध गरेको छ । अक्टोबर २२ शनिबारको दिन ज्याकलिनको अदालतमा पेसी थियो । दिल्लीको पटियाला हाउस अदालतले उनलाई दिएको अन्तरिम जमानतलाई बढाएर १० नोभेम्बरसम्म पुर्‍याइदिएको छ । मुद्रा अपचलन मुद्दाको अनुसन्धान गरिरहेको ईडीले ज्याकलिनको जमानतको विरोध गर्दै ज्याकलिन भारत छोड्न खोजेको खुलासा गरेको छ ।

ईडीले अदालतमा दिएको जवाफमा ज्याकलिनले अनुसन्धानका लागि कहिल्यै सहयोग नगरेको र प्रमाण लुकाउन भूमिका खेलेको आरोप लगाउनुका साथै उनी भारत छाडेर भाग्ने कोसिसमा रहेको समेत ईडीको दाबी छ ।

ज्याकलिनमाथि सुकेशबाट ७ करोड भारतीय रुपैयाँभन्दा बढीको गहना उपहार लिएको आरोप छ । साथै ज्याकलिन सुकेशसँगको प्रेम सम्बन्धमा पनि रहेकी थिइन् । करोडौँ ठगी गरेको आरोप लागेका सुकेशबाट मूल्यवान उपहार लिएको भन्दै ज्याकलिनविरुद्ध मुद्दा दर्ता भएको थियो।

तर, ठगीको आरोपमा दिल्लीको मन्डोली जेलमा रहेका सुकेशले भने यो मुद्दामा ज्याकलिन निर्दोष रहेको दाबी गरेका छन् । कारागारबाट आफ्ना वकिललाई लेखेको पत्रमा उनले ज्याकलिनलाई महंगा उपहार र कार प्रेम सम्बन्धमा रहेको नाताले दिएको दाबी गरेका छन् ।

सुकेशले मनी लन्ड्रिङ केसमा ज्याकलिन र उनको परिवारलाई तान्न कुनै आवश्यक नभएको पनि बताए । सुकेशले लेखे, ‘भोलिको दिनमा म अदालतमा प्रमाणित गरिदिन्छु कि ठगीको मामिलामा ज्याकलिन र उनको परिवारलाई जबर्जस्ती तानिएको छ । यसमा उनीहरुको कुनै गल्ती छैन । म ज्याकलिनलाई त्यो सबै फिर्ता दिनेछु जुन उनले गुमाएकी छिन् र उनलाई पूर्ण रुपमा निर्दोष साबित गरेरै छाड्छु । ’ यस मुद्दाको अर्को सुनुवाई नोभेम्बर १० मा हुने छ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।