वडाअध्यक्ष भरतको विशेष सक्रियता – माडी ५ भाबाङले पायो शहीदमार्ग जोड्ने बेलिब्रिज

वडाअध्यक्ष भरतको विशेष सक्रियता – माडी ५ भाबाङले पायो शहीदमार्ग जोड्ने बेलिब्रिज

२५ चैत्र, रोल्पा। सडक लगायत विभिन्न पूर्वाधार विकासमा अग्रणी भूमिका खेलिरहेको माडी गाउँपालिका ५  भावाङले लामो समयको प्रयासपछि अन्तत शहिदमार्ग जोड्ने बेलिब्रिज सञ्चालनमा ल्याएको छ। शहिदमार्गबाट भाबाङ जोड्ने बाटो मौलाबाङ खोलमा उक्त बेलिब्रिज संचालनमा आएको हो। 

माडी ५ भाबाङका वडा अध्यक्ष भारतबहादुर बुढा मगरको विशेष पहलमा उक्त बेलिब्रिज भाबाङले प्राप्त गर्न सफल भएको थियो । रोल्पा नगरपालिका माडीचौरमा रहेको उक्त बेलिब्रिज करिव ६ महिना पहिलेदेखि वडाअध्यक्ष भारतको पहलमा माडी गाउँपालिकाले करिव ३५ लाख बराबरको बजेट सुनिश्चिता गरेपछि संघीय सांसद तथा पुर्वमन्त्री वर्षमान पुनको पनि विशेष पहलमा माडीमा स्थानान्तरण गरिएको थियो ।

पक्की पुलको तुलनामा लागत कम लाग्ने र टिकाउ पनि उस्तै हुने भएकाले उक्त बेलिब्रिज रोल्पा नगरपालिका, गंगादेव गाउँपालिका, परिवर्तन गाउँपालिका, सुनिल स्मृति गाउँपालिका, थबाङ गाउँपालिका र सुनछहरी गाउँपालिकाले आफ्नो पालीकामा लग्ने कडा प्रयास गरेका थिए तर, माडी गाउँपालिका र माडी ५ का वडाअध्यक्ष भारत बुढा मगरको विशेष पहलकदमीपछि मात्र भाबाङले प्राप्त गर्न सफल भयेको थियो । 

Europass CV in Nepal

बिहीबारबाट संचालनमा आएको बेलिब्रिज नेकपा माओवादी केन्द्रका नेता तथा लुम्बिनी प्रदेश सांसद दिपेन्द्र कुमार पुन (सिजल)ले उद्घाटन गर्नु भयो । उद्घाटन कार्यक्रममा बोल्दै नेता पुनले भन्नुभयो, ‘दश वर्ष जनयुद्धका क्रममा रोल्पा दशवर्ष पछिपर्यो, त्यसको क्षतिपूर्तिसहित आज अन्य ७६ जिल्लाका मानिसहरू रोल्पा आउँदा देशको सबै बजेट रोल्पा लिएका रहेछन् भनेर जिब्रा टोक्छन्।’, उहाँले भन्नुभयो , ‘रोल्पाको डाँडाकाँडा जताततै सडक संजाल पुगेको छ।’

बेलिब्रिज सञ्चालनमा आएपछि वडावासीहरू हर्षित छन्। अब वर्षाको समयमा पनि निरन्तर सवारीसाधन चल्ने भएपछि विगतमा जस्तो बिरामीका लागि एम्बुलेन्सको समस्या नहुने स्थानीय बताउँछन्। आफ्नो मागलाई सुनवाई गरिदिएकोमा स्थानीहरू वडा सरकारलाई धन्यवाद दिए। बेलिब्रिज उद्घाटन कार्यक्रममा सयौँको सङ्ख्यामा स्थानीहरू स्वतस्फुर्त विभिन्न झाँकी सहित उपस्थित भएका थिए।   

पछिल्लो समय रोल्पामा सडक पूर्वाधारको क्षेत्रमा मात्र नभई विद्युतिकरणमा पनि उल्लेखनीय विकास भएको छ । वि. सं २०६४ सालमा विद्युतको पहुँच मात्र ९ प्रतिशत रहेको रोल्पा जिल्लामा हाल जिल्लाभर ६८ प्रतिशत क्षेत्रमा विद्युत पुगिसकेको छ। यसवर्ष असर मसान्त सम्म जिल्लाका ९० प्रतिशत भूभागमा विद्युत विस्तार पुर्याउने लुम्बिनी प्रदेश सांसद दिपेन्द्र कुमार पुन सिजलले बताउनु भयो। 

Europass CV in Nepal