मुख्य सामग्रीमा जानुहोस्
Sunday, 4 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
प्रवास

घोराही १८ : एमालेका नगर स्तरीय नेतासहित २४ जना गरे माओवादी केन्द्रमा प्रवेश

Himali Patrika 1 मिनेट पढाइ

१ बैशाख, घोराही। घोराही उपमहानगरपालिका वार्ड नं १८ मा नेकपा एमालेका नगर स्तरीय नेतासहित २४ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन्। बिहीबार राति बसेको माओवादी केन्द्र घोराही १८ को वडा कमिटी बैठकले नवप्रवेशीलाई स्वागत गरेको हो।  

माओवादी केन्द्र घोराही १८ का अध्यक्ष सुरश बुढाका अनुसार नेपाली कांग्रेसका विभिन्न पदासिन व्यक्तिहरू तथा नेकपा एमालेका घोराही नगर स्तरीय नेता, युवासङ्घका उपाध्यक्ष धर्मबहादुर श्रेष्ठसहित घोराही १८ का  पूर्णबहादुर दमाइ, पट्टे खान, धनबहादुर बिक, विनोद विष्ट, कमल विष्ट रबिन श्रेष्ठ, विनोद विश्वकर्मा, किरण नेपाली, सञ्जय विश्कर्मा, सागर पुन मगर, विष्णु परियार, राम नेपाली, सुपिद सुनार, अर्जुन नेपाली, विष्ने विश्वकर्मा, सुनिल नेपाली, अजय भुसाल, श्याम भुसाल, चित्रबहादुर थापा, निर्मल विश्वकर्मा, निमबहादुर घर्ती, बिक्की वली, कृष्ण सुनार र विजय बिक  माओवादी केन्द्रमा प्रवेश गरेका छन्।  । 

चुनाव नजिकिएसँगै वडा कमिटीले आफ्नो चुनावी अभियान तीव्र रूपमा अघि बढाएको अध्यक्ष बुढाले बताए। पछिल्लो समय १८ नं. वडा माओवादीमय बन्दै गएको उनको भनाइ छ। 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।