अपूर्वलाई साढे २ लाख धरौटीमा रिहा गर्न आदेश

अपूर्वलाई साढे २ लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौँ । जिल्ला अदालत काठमाडौंले अपूर्व क्षितिज सिंहलाई साढे २ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

न्यायाधीश माधवप्रसाद मैनालीको इसलासले बिहीबार अपूर्वलाई साढे २ लाख धरौटीमा छाड्न आदेश गरेको उनको तर्फका वकील शान्तिराम खतिवडाले जनाएका छन् । अपूर्वले धरौटी बुझाए आजै छुट्नेछन् ।

नेवारी संस्कृतिमाथि अपूर्वले गरेको स्ट्यान्डअप कमेडीविरुद्ध उजुरीका कारण अपूर्व दसैंअघि नै १२ दिन थुनामा परिसकेका थिए । उनलाई पुन: पक्राउ गरेर प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत काठमाडौंमा मुद्दा लगेको थियो ।

Europass CV in Nepal

चार वर्षदेखि धेरै पटक धेरै ठाउँमा नेवार साथीहरूकै माझमा देखाएको स्ट्यान्डअप कमेडीको भिडियो युट्युबमा राख्दा संस्कृति अभियन्ताले आपत्ति व्यक्त गरेपछि उनले तत्काल माफी माग्दै भिडियो हटाएका थिए ।

Europass CV in Nepal