मुख्य सामग्रीमा जानुहोस्
Thursday, 17 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
खेलकुद

नेपाल स्कटल्याण्डसँग लज्जास्पद हार, आठ विकेटले पराजित

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौ । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंंखलाको अन्तिम खेलमा बिहिबार नेपाल स्कटल्यान्डसँग आठ विकेटले पराजित भएको छ ।

नामिबियास्थित युनाइटेड क्रिकेट क्लब मैदानमा नेपालले दिएको एक सय २० रनको लक्ष्य स्कटल्यान्डले १७ ओभरमा दुई विकेट गुमाउँदै भेट्टायो । स्कटल्यान्डका लागि क्रिस्टोफर म्याकब्रिडले ४० बलमा सात चौका मद्दतमा अविजित ४६ रनको योगदान दिए ।

स्कटल्याण्डको सानदार जितका लागि जर्ज मुन्सीले ४५ रन बनाए। २८ बल खेलेका उनले २ छक्का र ७ चौका प्रहार गरे।यस्तै क्रिष्टोफेर म्याकब्रिडले सर्वाधिक ४६ रन बनाए। उनले ४० बलमा ७ चौका प्रहार गरे।त्यसअघि ओपनर कोइटजरले १६ रन बनाए।

नेपालका लागि गुल्सन झा र दीपेन्द्र सिंह ऐरीले १-१ विकेट लिए।त्यसअघि युनाइटेड क्रिकेट ग्राउन्ड विन्डहोकमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ३५.३ ओभरमा अलआउट हुँदै ११९ रनमा समेटियो।नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४७ रन बनाए। ५७ बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे।

दीपेन्द्र सिंह ऐरीले १४ रन बनाउँदा सोमपाल कामीले १६ र ललित राजबंशीले ११ रन बनाए। नेपालका बाँकी कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।नेपाललाई सस्तैमा समेट्ने क्रममा स्कटल्याण्डका ब्रेन्डन म्याकुम्यालन, मार्क वाट्ट र श्यान शरिफले समान २-२ विकेट लिए।

यो सँगै नामिविया भ्रमणमा नेपाल जित विहिन घर फर्किएको छ। यस भ्रमणमा नेपालले चार खेलमा ३ मा हार र एकमा बराबरीको नतिजा निकालेको छ ।नामिवियासँगको पहिलो खेल वर्षाका कारण रद्व हुँदा अंक जोडेको नेपालले त्यसपछि लगातार दुई खेलमा हार व्यहोरेको थियो। दोस्रो खेलमा स्कटल्यान्डसँग ३ विकेटले पराजित नेपाल बुधबार नामिवियासँग ८६ रनले पराजित भएको थियो।

नेपाललाई शीर्ष तीनमा रहँदै आगामी वर्ष हुने ग्लोबल छनोट खेल्ने सम्भावना लगभग सकिएको छ। बिहीबार स्कटल्याण्डसँगको हारले नेपालको सम्भावना झनै झिनो बनेको छ। शीर्ष पाँचमा रहँदै ओडिआई मान्यता निरन्तरता दिन पनि कठिन बनेको छ।

स्कटल्यान्ड ३१ खेलमा २१ जित र ७ मा हारसहित ४६ अंक जोडेर शीर्षस्थानमा छ। स्कटल्यान्डको शीर्ष तीन पक्का बनेको छ। नेपाल २३ खेलमा ८ जित र १४ हारसहित १८ अंकका साथ छैटौं स्थानमा छ।

नेपालले गत जुलाईमा घरेलु मैदानमा स्कटल्यान्डलाई पहिलो खेलमा ५ विकेटले हराएको थियो। १ सय ४५ रनको लक्ष्य नेपालले २५.१ ओभरमा पूरा गरेको थियो। त्यो नै स्कटल्यान्डमाथि नेपालको क्रिकेट इतिहासकै पहिलो जित थियो।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।