मुख्य सामग्रीमा जानुहोस्
Friday, 9 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
अन्तराष्ट्रिय

कतारमा नियोजित तरिकाले आप्रवासी कामदारको मृत्युलाई मात्र प्राथमि दिइयो : अल खतिर

Himali Patrika 1 मिनेट पढाइ

दोहा । कतार विश्वकप २०२२ अयोजक कमिटीका प्रमुख नासिर अल खतिरले मृत्यु प्राकृतिक नियम भएकाले यहीँ विषयलाई मात्र प्राथमिकता दिएर विश्वकपको सफल आयोजना बिथोल्ने प्रयास भएको आरोप लगाएका छन् ।

जारी विश्वकपअन्तर्गत समूह चरणकै खेल दौरान फिलिपिन्सका एक कामदारको मैदानमै मृत्यु भएको खबर सार्वजनिक भएको थियो । कतार सरकारले यस विषयमा अनुसन्धान सुरु भैसकेको बताएको छ ।

यसअघि नै आप्रवासी कमदारमाथि मानव अधिकार हनन गरेको भन्दै आरोप लाग्दै आएको कतारमाथि यस घटनाले चुनौती थपिदिएको छ । विश्वकपका लागि रंगशाला निर्माणमा करिब चार सय अप्रावासी कामदारको मृत्यु भएको तथ्यांक समेत सार्वजनिक भएको थियो ।

‘हामी अहिले विश्वकपको सफल आयोजनामा केन्द्रित छौ, समूह चरण र अन्तिम १६ को खेलहरु समापन भैसकेका छन्’ उनले भने, ‘अहिले आप्रवासी कामदारको मृत्युको घटनालाई प्राथमिकता दिएर हाम्रो योजना बिथोल्ने प्रयास भएको छ । एउटा कामदारले कामकै दौरान ज्यान गुमायो, त्यसमा छानबिन जारी छ । मृत्यु प्राकृतिक नियम हो । यसलाई प्राथमिकता दिन जरुरी छैन ।’

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।