मुख्य सामग्रीमा जानुहोस्
Friday, 9 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
अन्तराष्ट्रिय

अबको विश्वकप होस्ट गर्न साउदी अरेबिया पनि इजिप्ट र ग्रिससँग मिलेर दाबी गर्ने

Himali Patrika 1 मिनेट पढाइ

दक्षिण अमेरिकी फुटबलका प्रमुख एलेजान्ड्रो डोमिनग्वेजले महान् फुटबलर पेले र डिएगो म्याराडोनाको सम्मानका लागि सन् २०३० को विश्वकप आफ्नो महादेशमा हुनुपर्ने धारणा राखेका छन्।

एलेजान्ड्रोले पेले र म्याराडोनाका विरासतको सम्मान लागि सन् २०३० को विश्वकप दक्षिण अमेरिकी भूमिमा आयोजना हुने वातावरण सिर्जना गर्न विश्व फुटबलको प्रशासकीय निकाय फिफासँग आग्रह गरेका हुन्। फिफाले सन् २०२४ को विश्वकपको आयोजक तय गरिसकेको छ। आगामी विश्वकप क्यानडा, अमेरिका र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्दै छन्। त्यसपछिको विश्वकप भने आफ्नो महादेशमा हुनुपर्ने एलेजान्ड्रोको भनाइ छ। फिफाले आयमा मात्र ध्यान दिन नहुने र त्यसका लागि ०३० को विश्वकप दक्षिण अमेरिका गर्नुपर्ने धारणा राखेका हुन्।

उरुग्वेले सन् १९३० को पहिलो विश्वकप आयोजना गरेको थियो, जति बेला १३ राष्ट्रले प्रतिस्पर्धा गरेका थिए। एक सय वर्षपछि फेरि उरुग्वेले विश्वकप आयोजनाको दाबेदारी गरेको छ। सन् २०३० को विश्वकप आयोजना दाबेदारी पनि उरुग्वेसहित अर्जेन्टिना, चिली र पाराग्वेले गरेका छन्, जुन विश्वकपमा दोस्रो पटक ४८ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्।

तर, यही संस्करणको विश्वकप आयोजनामा स्पेन, पोर्चुगल र युक्रेनले संयुक्त रूपमा दाबेदारी गरेका छन्। उनीहरूको पछाडि ठूलो शक्ति युइएफए छ। एक रिपोर्टअनुसार साउदी अरेबिया पनि इजिप्ट र ग्रिससँग मिलेर दाबी गर्ने तयारीमा छ। यसबीच महान् खेलाडीको सम्मान गर्नुपर्ने आवाजसहित दाबेदारी प्रस्तुत भएपछि फिफा दबाबमा पर्नेछ।

ब्राजिलका महान् फुटबलर पेले र म्याराडोनाको सम्मान गर्छ या फिफाले पैसा र फुटबल मध्ये कुन रोज्नेछ भन्ने आफूहरू प्रतीक्षामा रहेको एलेजान्ड्रोले बताएका छन्। ‘यो प्रश्न फिफालाई हो। उनीहरू इतिहासका रचियता पेले र स्वर्गीय म्याराडोनाको सम्मानका लागि के गर्नेछन् त?,’ कोनमेबोलका प्रमुख एलेजान्ड्रोले भने, ‘उनीहरू कि आफ्नै धरातलमा फर्किनेछ, जहाँ फुटबल भनेको पैसामा मात्र सीमित छ।

यो एक प्रतिस्पर्धामा मात्र सीमित राखेर हेर्नु हुँदैन। किनकि यी महान् खेलाडीले फुटबलमा पैसा निकाल्न धेरै योगदान गरेका छन्।’ विश्वकपलाई पनि इतिहासका पानामा सुन्दर बनाएका खेलाडीका बारेमा पनि सोचिनुपर्ने दक्षिण अमेरिकी फुटबल कोनमेबोलको भनाइ छ।

‘उनीहरूले यो विश्वकपलाई ठूलो उचाइमा पुर्‍याएका हुन्,’ एलेजान्ड्रोले पेले र म्याराडोनाबारे बोल्दै उरुग्वे पहिलो विश्वकप आयोजक रहेका प्रति पनि ध्यानाकर्षण गराएका छन्। एलेजान्ड्रोले पेलेको सम्मानका लागि ब्राजिलको राष्ट्रिय जर्सीको कलर पनि परिवर्तन गर्न प्रस्ताव गरेका छन्। ८२ वर्षे पेले यसै महिनादेखि अस्पतालमा उपचारार्थ छन्।

सन् २०३० को विश्वकपमा सबै सहभागी टोलीको जर्सीको माथिल्लो भागमा पाँच विश्वकप विजेताको ब्याच राख्ने प्रस्ताव पनि दक्षिण अमेरिकी फुटबल महासंघले गरेको छ। ब्राजिलले सर्वाधिक पाँच पटक विश्वकप जितेको छ, जहाँ तीन पटक पेले सम्मिलित टोलीले जितेको हो।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।