मुख्य सामग्रीमा जानुहोस्
Friday, 9 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
अन्तराष्ट्रिय

जब अर्जेन्टिनाका खेलाडीलाई बस यात्रा रोकेर हेलिकप्टरमा लगियो

Himali Patrika 1 मिनेट पढाइ

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को विजेता अर्जेन्टिनाले मंगलबार राजधानी ब्युनस आएर्सस्थित ओबेल्सिक क्षेत्रमा विजयी र्याली गर्ने कार्यक्रम रहेको थियो ।समर्थकको अत्याधिक चापका कारण आठ घण्टाको र्याली बिचमा रोकेर हेलिकप्टरबाट खेलाडीलाई र्याली पूरा गराइएको थियो ।

ब्युनस आएर्समा झन्डै ४० लाख समर्थक उपस्थित भएपछि सुरक्षा व्यवस्था मिलाउन हम्मे हम्मे परेको थियो । र्यालीमा खेलाडीलाई परिक्रमा गराएको बसमै समर्थक चढ्न खोजेपछि स्थिति नियन्त्रण गर्न हेलिकप्टरबाट सहर परिक्रमा गराउनुपरेको थियो ।

अर्जेन्टिनाले विश्वकपको उपाधि जितेपछि मंगलबार सार्वजनिक बिदा दिँदै उपाधिको खुसियाली मनाउने निर्णय गरेको थियो । जसका लागि देशभरबाट राजधानी बुनस आएर्समा समर्थक जम्मा भएका थिए । रातको २ बजे टोली विमानस्थलमा आउँदा नै लाखौं समर्थकले टोलीलाई पछ्याएका थिए । दिउँसो ११:४५ देखि सुरु भएको अधिकारिक विजय र्याली पनि समर्थकको चापका कारण पूरा हुन सकेको थिएन ।

अर्जेन्टिनी फुटबल संघका अध्यक्ष चिकी टापियाले खेलाडीको तर्फबाट माफी समेत मागेका थिए । ‘खेलाडीको तर्फबाट म हजारौं माफी माग्दैछु । समर्थकमाझ खुसी मनाउन नपाउँदा दुख लागेको छ,’ उनले भने ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।