बेबी एम्बाप्पे बनाएर जव अर्जेन्टिनाका गोलकिपरले फेरी एम्बाप्पेको मजाक उदाए

बेबी एम्बाप्पे बनाएर जव अर्जेन्टिनाका गोलकिपरले फेरी एम्बाप्पेको मजाक उदाए

अर्जेन्टिनाका गोलकिपर इमिलानो मार्टिनेजले विश्वकपको उपाधिको खुसीयाली मनाउने क्रममा पुनः फ्रान्सका फरवार्ड किलियान एम्बाप्पेको मजाक उडाएका छन् । मार्टिनेजलाई एम्बाप्पेको अनुहारको तस्बिर भएको गुडिया बोकेर खुसीयाली मनाइरहेको पाइएको हो ।

एस्टन भिल्लाका गोलकिपरले कतार विश्वकपको लुसेल स्टेडियममा भएको फाइनल खेलमा पेनाल्टी सुटआउटमा फ्रान्सका दुईवटा प्रहार रोक्दै टोलीलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । ३० वर्षीय खेलाडीले प्रतियोगिताको उत्कृष्ट गोलकिपरको रूपमा गोल्डन ग्लोबको अवार्ड हात पारेपछि गरेको आपत्तिजनक सङ्केत गरेपछि हेडलाइन बनेका थिए ।

त्यसपछि ड्रेसिङ रुममा अर्जेन्टिनाले खुसीयाली मनाउने क्रममा उनले फाइनलमा ह्याट्रिक गरेका एम्बाप्पेका लागि एक मिनेट मौनधारण गर्न आग्रह गरेका थिए । अहिले ब्युनोस आयर्समा विश्वकप उपाधिको खुसीयाली मनाउने क्रममा बसको माथि मेस्सीसँगै देखिएका उनले हातमा एम्बाप्पेको अनुहार टाँसिएको गुडिया बोकेको पाइएको छ ।

Europass CV in Nepal

यसअघि मार्टिनेजले विश्वकपमा आफूविरुद्ध फ्रेन्च समर्थकहरुले हुटिङ गरेका कारण आपत्तिजनक सङ्केत गरेको स्पष्टीकरण दिएका थिए । फिफा विश्वकप २०२२ को विजेता अर्जेन्टिनाका खेलाडी मंगलबार घरेलु भूमिमा भएको विजय र्‍यालीको भिड थेग्न नसकेर बीचबाटै भागेका छन्।

मंगलबार अर्जेन्टिना पुगेर बसबाट र्‍याली सुरु गरेका उनीहरु अत्यधिक भिडको कारण र्‍याली अघि बढाउन नसक्ने भएसँगै हेलिकोप्टरमार्फत त्यहाँबाट निस्किएका हुन्।

मंगलबार विजय उत्सव मनाउन निस्किएका मानिसहरुलाई करिब ८ घण्टा विश्वकपको ट्रफी देखाउने कार्यक्रम तय भएको थियो। तर, अत्यधिक भिडको कारण सडकको अवस्था अस्तव्यस्त देखिएको थियो। त्यसपछि योजना परिवर्तन गर्दै र्‍याली रद्द गरेर खेलाडीहरु हेलिकोप्टरबाट निस्किएका हुन्।

‘उत्सव मनाउनेहरुको खुसीको विष्फोटको कारण जमिनमा र्‍यालीलाई निरन्तरता दिनु असम्भवजस्तै थियो’, राष्ट्रपति कार्यालयकी प्रवक्ता गाब्रिएला केरुटीले सामाजिक सञ्जालमा लेखेकी छिन्। सामाजिक सञ्जलमा सार्वजनिक भएका भिडियोहरुमा समर्थकहरु खेलाडी चढेको गाडीमा पुलबाट हाम फाल्दै गरेको देख्न सकिन्छ।

विश्वकपको उपाधि जितेको खुसीयालीमा अर्जेन्टिनाको सरकारले मंगलबार सार्वजनिक बिदाको घोषणा गरेको थियो। मंगलबार अर्जेन्टिनको राजधानी सहर ब्युनर आयर्सका सडकमा करिब ४० लाख मानिसहरु खुसीयाली मनाउन निस्किएका थिए।