फुटबलर पिके र गायिका शकिराबीच सम्बन्धविच्छेद

फुटबलर पिके र गायिका शकिराबीच सम्बन्धविच्छेद

स्पेनका फुटबलर जेरार्ड पिके र कोलम्बियाकी गायिका शकिराले सम्बन्धविच्छेद गर्ने भएका छन् । बिहे गरेको झन्डै १२ वर्षपछि उनीहरूले सम्बन्धविच्छेद गर्ने निर्णय गरेका समाचार संस्था रोयटर्सले जनाएको छ ।

सन् २०११ मा बिहे गरेका उनीहरूका दुई जना छोराछोरी रहेका छन् । सम्बन्धविच्छेदपछि मिलेर छोराछोरीको अपनत्व लिने सहमति भएको खबरमा उल्लेख छ ।

‘हामी अलग हुँदैछौँ भनेर पुष्टि गर्दा हामी निकै पछुताइरहेका छौँ, तर हाम्रा बालबालिकाको कल्याणलाई उच्च प्राथमिकता दिएका छौँ, उनीहरूको गोपनीयतालाई सम्मान गर्न हामी सबै समक्ष अपिल गर्दछौँ’, उनीहरूले संयुक्त विज्ञप्तिमा भनेका छन् ।

Europass CV in Nepal

४५ वर्षकी गायिका शकिरा र ३५ वर्षका बार्सिलोनाका डिफेन्डर पिकेबीच दुई वर्ष अघिदेखि नै सम्बन्धमा खटपट आएको खबरमा उल्लेख छ । सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्व कप फुटबलदेखि उनीहरू नजिक भएका थिए ।

Europass CV in Nepal