मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 22 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
अन्तराष्ट्रिय

फुटबलर पिके र गायिका शकिराबीच सम्बन्धविच्छेद

Himali Patrika 1 मिनेट पढाइ

स्पेनका फुटबलर जेरार्ड पिके र कोलम्बियाकी गायिका शकिराले सम्बन्धविच्छेद गर्ने भएका छन् । बिहे गरेको झन्डै १२ वर्षपछि उनीहरूले सम्बन्धविच्छेद गर्ने निर्णय गरेका समाचार संस्था रोयटर्सले जनाएको छ ।

सन् २०११ मा बिहे गरेका उनीहरूका दुई जना छोराछोरी रहेका छन् । सम्बन्धविच्छेदपछि मिलेर छोराछोरीको अपनत्व लिने सहमति भएको खबरमा उल्लेख छ ।

‘हामी अलग हुँदैछौँ भनेर पुष्टि गर्दा हामी निकै पछुताइरहेका छौँ, तर हाम्रा बालबालिकाको कल्याणलाई उच्च प्राथमिकता दिएका छौँ, उनीहरूको गोपनीयतालाई सम्मान गर्न हामी सबै समक्ष अपिल गर्दछौँ’, उनीहरूले संयुक्त विज्ञप्तिमा भनेका छन् ।

४५ वर्षकी गायिका शकिरा र ३५ वर्षका बार्सिलोनाका डिफेन्डर पिकेबीच दुई वर्ष अघिदेखि नै सम्बन्धमा खटपट आएको खबरमा उल्लेख छ । सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्व कप फुटबलदेखि उनीहरू नजिक भएका थिए ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।