मुख्य सामग्रीमा जानुहोस्
Friday, 23 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
अन्तराष्ट्रिय

राजनैतिक दुश्मनी खेल क्षेत्रमा असर – भारत र पाकिस्तान एकले अर्कालाई गरे ‘बाइकट’ 

Himali Patrika 1 मिनेट पढाइ

भारतले आगामी वर्ष पाकिस्तानमा हुने एसिया कप नखेले भारतमा हुने विश्वकपमा पनि पाकिस्तान सहभागिता नहुने उसले चेतावनी दिएको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाहले एसिया कपमा भारत तटस्थ स्थानमा खेल्न चाहेको बताएपछि पाकिस्तानले मंगलबार भारतमा अर्को वर्ष हुने विश्वकप प्रतियोगिताबाट बाहिरिने चेतावनी दिएको हो।

मुम्बईमा भएको बिसिसिआईको ९१ औं वार्षिक साधारण सभामा बिसिसिआईका सचिव तथा एसियन क्रिकेट काउन्सिलका अध्यक्ष जय शाहले एसिया कप फरक ठाउँमा खेल्नुपर्ने सुझाव दिएको बताएका छन् ।

उनले एसिया कप २०२३ तटस्थ स्थानमा हुने बताए।‘भारत एसिया कपमा तटस्थ स्थानमा खेल्नेछ,’ मंगलबार मुम्बईमा बीसीसीआईको वार्षिक साधारण सभापछि पत्रकारहरूसँगको अनौपचारिक कुराकानीमा जय शाहले भने, ‘म एसिसीको अध्यक्षको हैसियतले भन्दैछु। भारत पाकिस्तान जान सक्दैन। तिनीहरू यहाँ आउन सक्दैनन्। विगतमा पनि एसिया कप तटस्थ भूमिमा खेलिएको छ।’

पूर्व निर्धारित समय तालिकाअनुसार एसिया कपको पाकिस्तानमा हुने र यो निर्णय एसियाली क्रिकेट काउन्सिल (एसीसी) को कार्यकारी समितिमा रहनेछ।यसैबीच पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष रमीज राजा भारतमा हुने एक दिवसीय विश्वकप क्रिकेट पाकिस्तानले नखेल्ने बताएका छन्।

समाचार एजेन्सी पीटीआईका अनुसार जय शाहको पछिल्लो भनाई पछि पाकिस्तान ५० ओभरको आईसीसी विश्वकपबाट बाहिरिने विकल्प हेरिरहेका छ। ‘पीसीबी अब कडा निर्णय लिन तयार छ। हामीलाई थाहा छ यदि पाकिस्तानले यी टूर्नामेन्टमा खेलेन भने आईसीसी र एसीसी इभेन्टहरूले आर्थिक दायित्व बेहोर्नुपर्नेछ,’ राजाले भने।

जय शाहको भनाइमा पीसीबीले हालसम्म कुनै आधिकारिक प्रतिक्रिया नदिए पनि पीसीबीका प्रवक्ताले आगामी महिना अष्ट्रेलियामा हुने आईसीसीको बोर्ड बैठकमा यस विषयमा कुरा राख्ने बताए। ‘हामीसँग अहिले केही भन्नु छैन तर अर्को महिना मेलबर्नमा हुने आईसीसी बोर्ड बैठकमा यस विषयमा छलफल गर्नेछौँ।’

विगतमा पनि एसिया कप तटस्थ स्थानमा आयोजना हुँदै आएको छ। आर्थिक संकटमा फसेको श्रीलंकाले घरेलु भूमिमा एसिया कप गर्न नसकेपछि गत महिना युएईमा २०२२ को एसिया कप आयोजना भएको थियो।

भारत र पाकिस्तानबीचको राजनीतिक तनावका कारण यी दुई देशले एसिया कप र अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा मात्रै एकअर्काविरुद्ध खेल्दै आएका छन्। गत महिना भएको एसिया कपमा दुवै टोलीले एकअर्काविरुद्ध दुई खेल खेलेका थिए। यस्तै आगामीआइतबार यी दुई टोलीबीच टी–२० विश्वकपमा भिड्दैछन्। सन् २००८ को एसिया कपपछि भारतले पाकिस्तान भ्रमण गरेको छैन। पाकिस्तानी टोली पछिल्लो पटक सन् २०१२ मा द्विपक्षीय शृङ्खलाका लागि भारत आएको थियो।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।