स्वर्णिम लक्षित गर्दै शेखर कोइरालाले भने – अवसरवादीलाई टाढा राखौं

स्वर्णिम लक्षित गर्दै शेखर कोइरालाले भने – अवसरवादीलाई टाढा राखौं

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र अवसरवादी भएको बताएका छन् । कांग्रेसमा संस्थापनइतरमा रहेका अर्थविद् डा. स्वर्णिम वाग्ले पार्टी परित्याग गरेपछि शेखरले उनी लक्षित टिप्पणी गरेका हुन् ।

सार्वजनिक सेवा कर्मचारी संघको सातौं महाधिवेशनमा बोल्ने क्रममा हरेक ठाउँमा अवसरवादी रहेको शेखरले बताए ।‘तपाईंहरु पनि अवसरवादीहरुको घेरामा हुनुहुन्छ । सबै राजनीतिक दलहरु अवसरवादीहरुको घेरामा छौं’ कर्मचारीलाई सम्बोधन गर्दै उनले भने, ‘ती अवसरवादीहरुलाई टाढा पार्न सकिएन भने देश झन् झन् बर्बाद भएर जान सक्छ ।’