प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता मंगलवारबाट

काठमाडौँ ।  प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता मंगलवारदेखि हुने भएको छ । पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानले शुक्रबावार काठमाडौमा पत्रकार सम्मेलन गर्दै यही चैत २८ देखि २०८० वैशाख २ गतेसम्म प्रतियोगिता हुने जानकारी दिएको हो । खेलाडीको क्षमता वृद्धि र भलिबलको सर्वाङ्गिण विकासमा टेवा पुर्‍याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको प्रतिष्ठानले जनाएको छ ।

प्रतियोगितामा तीन विभागीयसहित गण्डकी, लुम्बिनी र सुदूरपश्चिम गरी कुल ६ टोलीले प्रतिस्पर्धा गर्ने प्रतिष्ठानका महासचिव निर्मल आचार्यले पत्रकार सम्मेलनमा जानकारी दिए ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने प्रतियोगिता ५ दिनसम्म सञ्चालन हुनेछ । लिगकप नकआउटको आधारमा आयोजना हुने प्रतियोगिताको विजेताले ४ लाख तथा उपविजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै तेस्रो हुने टोलीले नगद १ लाख रुपैयाँ प्राप्त गर्दा सान्त्वना टोली ५० हजार रुपैयाँबाट पुरस्कृत हुनेछ ।

Europass CV in Nepal

विधागत उत्कृष्ट सर्भर, लिबेरो, स्पाइकर, ब्लकर, सेटर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ पाउनेछन् भने सर्वोत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ पाउनेछ । प्रतियोगिता आयोजना गर्न अनुमानित कुल ५२ लाख रुपैयाँ लाग्ने प्रतियोगितालाई राखेपले २० लाख रुपैयाँ प्रदान गर्नेछ भने बाँकी रकम विज्ञापन र प्रतिष्ठानबाट जुटाउने प्रतिष्ठानले जानकारी दियो ।

 

Europass CV in Nepal