मुख्य सामग्रीमा जानुहोस्
Saturday, 19 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
अन्तराष्ट्रिय

फिल्म ‘अवतार २’ हेर्न गएका भारतीय युवकको मृत्यु

Himali Patrika 1 मिनेट पढाइ

गत शुक्रबारदेखि बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतार: द वे अफ वाटर’ प्रदर्शन भइरहेको छ।१२ वर्षपछि सिक्वेल रिलिज भएको फिल्मले विश्वभर राम्रो व्यापार गरिरहेको छ। फिल्म रिलिजको क्रममा अप्रिय घटना घटेको छ। ‘अवतार २’ हेर्न गएका एक युवकको मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार आन्ध्र प्रदेशका लक्ष्मी रेड्डी श्रीनुको फिल्म हेर्ने क्रममा मृत्यु भएको हो। भाइसँग गएका रेड्डी फिल्म हेर्न निकै उत्साहित थिए।

उनी फिल्म हेर्दै गर्दा बेहोस भएर भुइँमा लडेका थिए। उनलाई तत्कालै नजिकैको अस्पतालमा भर्ना गरिएको थियो। तर चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।चिकित्सकका अनुसार उनलाई हृदयाघात भएको हो। उनी उच्च रक्तचापको बिरामी थिए। मृतककाे श्रीमती, एक छोरा र छोरी छन्।

‘अवतार’ हेर्दा मृत्यु भएको यो पहिलो घटना होइन। सन् २००९ मा पनि ‘अवतार’ हेर्ने क्रममा ताइवानका ४२ वर्षिय व्यक्तिको हृदयघातकै कारण मृत्यु भएको थियो। जेम्स क्यामरुनले निर्देशन गरेको फिल्म ‘अवतार २’ ले भारतमा हाउसफुलको व्यापार गरिरहेको छ। फिल्मले दुई दिनमा १०० करोडभन्दा बढी कमाएको छ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।