मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 27 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
कला मनोरञ्जन

अनमोल केसीको फिल्म ‘छड्के २’ फागुन १९ गतेलाई प्रदर्शन मिति घोषणा

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘छड्के २’को प्रदर्शन मिति घोषणा भएको छ । निर्माताले मंगलबार पोस्टर सार्वजनिक गर्दै फागुन १९ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । पोस्टरमा अनमोलसहित अमेरिकी कलाकार तथा निर्देशक इयान क्लेमर्ट पनि चित्रित छन् ।

निगम श्रेष्ठको लेखन तथा निर्देशन रहेको फिल्ममा रविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा मुख्य भूमिकामा छन् । डेब्यु गर्ल रेशा आले मगर अनमोलको अपोजिटमा हुनेछिन् ।

फिल्मलाई ६० दिनको सेड्युलमा चितवन र मुस्ताङमा छायांकन गरिएको थियो । सन् २०१३ को फिल्म ‘छड्के’कै दोस्रो श्रृंखला रहेको फिल्म रिभेन्ज ग्याङस्टर फिल्म हो । तर, अघिल्लो भागसँग कुनैपनि सम्बन्ध नरहेको निर्देशक श्रेष्ठले बताए ।

काभ्रे फिल्म्सको व्यानरमा निर्माण भएको फिल्ममा मेधा प्रोडक्सन र निर्वाणा फिल्म स्कुलले सहकार्य गरेका छन् । निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ रहेको फिल्मको कार्यकारी निर्मातामा निर्वाणा फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।