मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 15 September 2026
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
कला मनोरञ्जन

आदिपुरुषको कमाइ एक हप्तामै ४२० करोड भारु

Himali Patrika 1 मिनेट पढाइ

विवादित भारतीय फिल्म आदिपुरुषले रिलिजको सातौं दिन बिहीबार घरेलु बक्स अफिसमा ५.५० करोड भारु कलेक्सन गरेको छ। यसमा २.५० करोड भारु हिन्दी संस्करणबाट कमाइ भएको हो।

हिन्दी भर्जनको कलेक्सनलाई हेर्ने हो भने फिल्मले पहिलो हप्तामा १२९.७५ करोड कमाएको छ। सबै भाषालाई मिलाएर फिल्मले अहिलेसम्म २६०.५५ करोडको व्यापार गरेको छ। अर्कोतर्फ, विश्वव्यापी कलेक्शनको कुरा गर्ने हो भने फिल्मले ७ दिनमा ४२० करोड कमाएको छ।

तर, फिल्मको बजेटका हिसाबले यसको कलेक्शन कतैबाट पनि राम्रो भन्न मिल्दैन। किनकि करिब ६००-६५० करोडमा बनेको यो फिल्मले बक्स अफिसमा बम्पर ओपनिङ गरेको थियो तर नकारात्मक प्रतिक्रियाका कारण फिल्मको कलेक्शन निकै घटेको हो।

नेपालमा पनि यो फिल्म विवादित बन्यो। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले फिल्ममा ‘सीता भारतकी छोरी हो’ भन्ने संवाद भएको भन्दै फिल्म प्रदर्शनमा रोक लगाए। उनले ‘आदिपुरुष’ मात्र नभई कुनै पनि हिन्दी फिल्म चल्न नदिने संविधानबाहिर गएर निर्णय गरेका थिए। तर यसमा उच्च अदालत पाटनले बालेनको विपक्षमा निर्णय सुनाएको थियो।

यो वर्ष सय करोडभन्दा बढी कलेक्सन गर्ने केही हिन्दी फिल्म मात्र छन्। शाहरुख खानको पठानले इतिहास रचेर ५०० करोड भारुभन्दा बढी कमाएको थियो।

‘आदिपुरुष’ यो सूचीमा दोस्रो नम्बरमा छ। केरला स्टोरी २४१.९५ भारु करोडको साथ तेस्रो नम्बरमा छ। साथै रणवीर कपूरको ‘तू झुठी मैं मक्कर’ले पनि १४७.२८ भारु करोडको लाइफटाइम कलेक्सन गरेर चौथो नम्बरमा छ।पाँचौं स्थानमा भने सलमान खानको फिल्म ‘किसीका भाइ किसकी जान’ (१०९.२९ करोड भारु) छ ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।