मुख्य सामग्रीमा जानुहोस्
Sunday, 13 September 2026
ब्रेकिङ नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा, साउदी अरेबियामाथि ५ विकेटको शानदार जित
कला मनोरञ्जन

नयाँ वर्ष २०८२ : नरेन लिम्बु, द फिरन्ते र ड्राइ स्कङ्कको साथमा घोराहीमा सांगीतिक धमाका

Himali Patrika 1 मिनेट पढाइ

घोराही, दाङ — घोराही–१५ दाङस्थित बेसमेन्ट क्याफे एण्ड रेस्टुराले नेपाली नयाँ वर्ष २०८२ को अवसरमा ” सांगीतिक महोत्सव” आयोजना गर्ने भएको। बेसमेन्ट क्याफे र टोन वेबको संयुक्त आयोजनामा हुन लग्गेको यस  कार्यक्रममा लाइभ संगीत, स्वादिलो नन–भेज कम्बो, पेय पदार्थ (ड्रिंक्स) तथा पाँच जनासम्मको निःशुल्क प्रवेश जस्ता विशेष अफरहरू समावेस गरिएको  बेसमेन्ट क्याफे एण्ड रेस्टुराका संचालक पल सिंह वलीले जानकारी दिनुभयो ।

संगीत प्रेमीहरूका लागि विशेष आकर्षणको रूपमा चर्चित गायक नरेन लिम्बु एण्ड द जेन्टलमेन, साथै द फिरन्ते र ड्राइ स्कङ्कको धमाकेदार प्रस्तुति रहनेछ।

कार्यक्रम नयाँ वर्षको दिन साँझ ६ बजेदेखि सुरु हुनेछ र यो रमाइलो साँझको मजा लिन चाहने सबैका लागि खुला रहनेछ।

टिकट दरको कुरा गर्दा, कार्यक्रमको पूर्व बिक्रीको मूल्य एक हजार रूपैयाँ (रु. १०००) तोकिएको छ भने, कार्यक्रमको दिन प्रवेशद्वारमै किन्नुपर्ने टिकटको मूल्य एक हजार पाँच सय रूपैयाँ (रु. १५००) रहनेछ।

संगीत, स्वाद र रमाइलोको संगमसहित बेसमेन्ट क्याफेले यसपटकको नयाँ वर्षलाई अझ विशेष र अविस्मरणीय बनाउने लक्ष्य लिएको छ। दाङमा नयाँ वर्ष मनाउने सोचमा हुनुहुन्छ भने, रमाइलोको केन्द्र यही हुनेछ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।