मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 22 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
शिक्षा

विगत ६ महिना अध्ययन गर्न विभिन्न देशबाट ४७० जना विदेशी नेपाल आए

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । नेपालमा ६ महिनाको अवधिमा अध्ययन भिसामा ४७० जना विदेशी नेपाल आएका छन् । अध्यागमन विभागका अनुसार पुस मसान्तसम्म कुल ४७० जना विदेशी विद्यार्थी अध्ययनको सिलसिलामा नेपाल आएको पाइएको छ ।

नेपालमा पर्यटन भिसाबाहेक नाता भिसा, वैवाहिक भिसा, कामदार भिसा, अध्ययन भिसा, आवासीय भिसा, प्रेस भिसा र ननटुरिष्ट भिसा जारी हुने गरेको छ । यसबाहेक व्यावसायिक भिसा समेत जारी हुन्छ ।

पछिल्लो तीन महिनाको अवधिमा मात्र अध्ययनका लागि २०९ जनाले भिसा लिएका छन् । व्यावसायिक भिसामा ८८७ जना नेपाल आएको विभागको तथ्यांकमा उल्लेख छ । नाता भिसा लिनेको संख्या १ हजार ३७६ रहेको छ । बैबाहिक भिसा लिने २८५ जना छन् । यस अविधिमा कामदार भिसा ५५२ जनाले लिएका छन् । आवासीय भिसा ४ जनाले लिएका छन् । प्रेस भिसामा २ जना आएको देखिएको छ ।

पछिल्लो तीन महिनामा अध्यागमन विभागबाट मात्र ७ हजार ५५२ वटा पर्यटक भिसा जारी भएको छ । यसअवधिमा गैरआवासीय भिसा ६१० वटा जारी भएको अध्यागमन विभागको तथ्यांकमा उल्लेख छ । पछिल्लो तीन महिनामा अध्यागमन विभाग एजेन्सीबाट ३ हजार ९५१ वटा पदयात्रा अनुमति पत्र जारी भएको छ ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।