मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 8 September 2026
ब्रेकिङ नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा, साउदी अरेबियामाथि ५ विकेटको शानदार जित
अर्थ वाणिज्य

चैतबाट बैंकमा ऋण लिंदा सस्तो ब्याजदरमा पाइने

Himali Patrika 1 मिनेट पढाइ

चैतमा बैंकले संकलन गर्ने निक्षेप र जारी गर्ने कर्जा दुवैको ब्याजदर घट्ने भएको छ।नेपाल बैंकर्स संघले निक्षेप र कर्जाकै ब्याजदर घटाउने निर्णय गरेको हो। बिहीबार बसेको संघको बैठकले चैतमा साधारण बचतको ब्याजदर ०.४ प्रतिशत र कर्जाको प्रिमियमदर १ प्रतिशतले घटाउने निर्णय गरेको छ। मुद्दति निक्षेपको ब्याजदर भने परिवर्तन हुँदैन।

अब बैंकहरूले साधारण बचतमा न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ८ प्रतिशतसम्म ब्याज दिनेछन्। हाल यसमा ६.४२ प्रतिशतदेखि ८.४२ प्रतिशतसम्म ब्याजदर दिइरहेका छन्। बैंकहरूले मुद्दति निक्षेपमा साविककै ११.४१ प्रतिशत ब्याजदर दिइरहेका छन्।

त्यस्तै कर्जामा हाल लिँदै आएको अधिकतम ६ प्रतिशतसम्म प्रिमियम ब्याजदर घट्ने भएको छ। बैंकहरूले अधिकतम ५ प्रतिशत प्रिमियम जोडेर कर्जामा ब्याज लिनेछन्।

बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माका अनुसार यो निर्णयसँगै १/२ प्रतिशत बिन्दुसम्म कर्जाको ब्याजदर घट्ने देखिन्छ। ‘अब लगभग एक चौथाई निक्षेपको लागत घट्ने छ। माघमा बैंकको आधार दर पनि घटेर १०.२ प्रतिशत छ। यसो हुँदा नयाँ कर्जाको ब्याजदर घट्नेछ,’ उनले भने।

पुराना ऋणिको भने वैशाखबाट कर्जाको ब्याजदर घट्नेछ। राष्ट्र बैंकले पुरानो कर्जाको ब्याजदर परिवर्तन गर्दा तीन महिनाको औषत आधार दर लिएर मात्र गर्न सकिने व्यवस्था गरेको छ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।