मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 29 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
अर्थ वाणिज्य

नेपालको विदेशी विनिमय सञ्चिति १० बिलियन डलर पुग्यो

Himali Patrika 1 मिनेट पढाइ

२८ फागुन, काठमाडौं । भुक्तानी सन्तुलनतमा सुधार हुँदै जाँदा विदेशी विनियम सञ्चितिमा पनि उल्लेख्य वृद्धि भएको छ । शोधनान्तर बचत १ खर्ब भन्दा माथि पुग्दा माघ मसान्तसम्ममा विदेशी विनिमय सञ्चिति १४ खर्ब नजिक पुगेको छ ।

२०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रहेको कुल विदेशी विनिमय सञ्चिति माघ मसान्तमा आउँदा १३.८ प्रतिशतले वृद्धि भई १३ खर्ब ८३ अर्ब ३३ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले चालु आर्थिक वर्ष २०७९/८० को ७ महिनाको तथ्यांकको आधारमा मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनमा उक्त तथ्यांक सार्वजनिक गरेको हो ।

अमेरिकी डलरमा विदेशी विनियम सञ्चिति १० अर्ब ५० करोड रहेको राष्ट्र बैंकले जनाएको छ । उच्च आयातसँगै लगातार बढेको शोधनान्तर घाटाले विदेशी विनिमय सञ्चितिमा दबाब परेपछि २०७९ पुसदेखि राष्ट्र बैंकले आयातमा कडाइ गर्ने नीति लिएको थियो। पछिल्लो समय आयातमा गरिएको कडाइ क्रमशः खुकुलो बन्दै गएपछि आयात संकुचति हुँदा विदेशी विनिमय सञ्चिति बढ्दै गएको छ ।

आयातमा भएको संकुचन र विदेशी विनियम सञ्चिति बढ्दा सञ्चिति पर्याप्तता सूचक उल्लेख्य सुधार देखिएको छ । आर्थिक वर्ष २०७९/८० को सात महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १०.८ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।