बैंकको व्याज ‘सिंगल डिजिट’ मा झार्न निर्देशन दिएको छु : प्रधानमन्त्री

बैंकको व्याज ‘सिंगल डिजिट’ मा झार्न निर्देशन दिएको छु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंक ब्याजदर एक्ल विन्दुमा सीमित राख्न आफूले पहल गरिरहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २४औं साधारणसभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको सूचकहरुमा सुधार ल्याउने भन्नेतर्फ सरकारले ध्यान दिइरहेको बताए ।

मौद्रिक नीतिका कारण ब्याजदर बढेको भन्दै प्रधानमन्त्री प्रचण्डले ब्याजदर एकल बिन्दुमा सीमित राख्न सकिन्छ भन्नेतर्फ नेपाल राष्ट्र बैंक र सम्बद्ध पदाधिकारीहरुसँग छलफल गरी आवश्यक निर्देशन समेत दिइसकेको बताए ।

‘म यो विश्वास यहाँहरुलाई दिलाउन चाहन्छु । मौद्रिक नीतिले बैंकको ब्याजदर बढ्न गएको अवस्थामा यस्तो ब्याजदरलाई कसरी एकल विन्दुमा सीमित राख्न सकिन्छ भन्नेतर्फ नेपाल राष्ट्र बैंक र सम्बद्ध पदाधिकारीहरुसँग छलफल गरी आवश्यक निर्देशन समेत मैले दिइसकेको छु’ प्रचण्डले भने ।

Europass CV in Nepal

उनले देशमा झण्डै १० महिनाका लागि वस्तु तथा सेवा आयात धान्न सक्ने वैदेशिक सञ्चिति रहेको भन्दै संकटमा रहेको अर्थतन्त्र सुधारतर्फ गइरहेको पनि बताए । उनले अनावश्यक खालका चालु प्रकृतिका खर्च कटौति गर्दै पूँजीगत खर्चलाई तीब्रता दिने कार्य सरकारले गरिरहेको पनि बताए । भौतिक पूर्वाधार मन्त्रालयलाई खर्च बढाउने, निर्माण व्यवसायीहरुका बाँकी रहेका भुक्तानीहरु समयमै भुक्तान गर्ने तर्फपनि सरकारको ध्यान रहेको उनले बताए ।