नविल बैंकले तीन महिनामा कमायो १११ करोड

नविल बैंकले तीन महिनामा कमायो १११ करोड

१५ कात्तिक, काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्षको पहलिो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सोमबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार मूनाफामा थोरै सुधार देखिएको छ ।

चालु आर्थिक वर्षको तीन महिना अर्थात असोज मसान्तसम्म नबिलले १ अर्ब ११ करोड २२ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षके तीन महिनाको तुलनामा ७ दशमलव ३९ प्रतिशतले धेरै हो ।

अघिल्ले वर्षको यो अवधिमा बैंकले १ अर्ब ३ करोड ५७ लाख १२ हजार रुपैयाँमात्रै मूनाफा कमाएको थियो ।

Europass CV in Nepal

बैंकको खुद ब्इाजद आम्दानीमा पनि किनै राम्रो सुधार भएको छ । बैंकका अनुसार खुद ब्याज आम्दानी ४२ दशमलव ४१ प्रतिशतले बढेको छ । बैंकको प्रतिशेयर आम्दानी भने घटेर ३२ रुपैयाँ ३४ पैसामा झरेको छ । बेस रेट तथा स्प्रेड रेटमा सुुधार देखिए पनि निस्कृय कर्जा अनुपात भने थोरैले बढेको छ ।

 

Europass CV in Nepal