सुनको भाउ एक लाख नाघ्यो, आज दुई हजार रुपैयाँले बढ्यो

सुनको भाउ एक लाख नाघ्यो, आज दुई हजार रुपैयाँले बढ्यो

काठमाण्डाै ।  सुनको भाउ एक लाख रुपैयाँ नाघेको छ । आज एकैदिन तोलामा दुई हजार रुपैयाँले बढेर सुन एक लाख एक हजार ९ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति सुनको भाउ ९९ सय हजार ९ सय रुपैयाँ थियो । हिजो शनिवार भएकाले सुनको मूल्य निर्धारण गरिएको थिएन । सुनको भाउ अझै बढ्न सक्ने महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । रुस र युक्रेनको युद्धका कारण सुनको भाउ बढेको हो ।

युद्धविराम भइनसकेको र डलरको भाउ पनि बढेकाले सुनको मूल्य अझै बढ्न सक्ने अनुमान गरिएको उहाँले बताउनुभयो । यसअघि गएको वर्षको साउनमा सुनको मूल्य एक लाख ३ हजार ५ सय रुपैयाँ पुगेको थियो । यसपालि भाउ बढेर यो मूल्य नाघ्ने अनुमान गरिएको छ । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ३५ रुपैयाँले बढेर चाँदीकाे भाउ १४ सय १५ रुपैयाँमा पुगेको महासङ्घले जनाएको छ।

Europass CV in Nepal

Europass CV in Nepal