मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 29 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
अर्थ वाणिज्य

सुनको भाउ एक लाख नाघ्यो, आज दुई हजार रुपैयाँले बढ्यो

Himali Patrika 1 मिनेट पढाइ

काठमाण्डाै ।  सुनको भाउ एक लाख रुपैयाँ नाघेको छ । आज एकैदिन तोलामा दुई हजार रुपैयाँले बढेर सुन एक लाख एक हजार ९ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति सुनको भाउ ९९ सय हजार ९ सय रुपैयाँ थियो । हिजो शनिवार भएकाले सुनको मूल्य निर्धारण गरिएको थिएन । सुनको भाउ अझै बढ्न सक्ने महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । रुस र युक्रेनको युद्धका कारण सुनको भाउ बढेको हो ।

युद्धविराम भइनसकेको र डलरको भाउ पनि बढेकाले सुनको मूल्य अझै बढ्न सक्ने अनुमान गरिएको उहाँले बताउनुभयो । यसअघि गएको वर्षको साउनमा सुनको मूल्य एक लाख ३ हजार ५ सय रुपैयाँ पुगेको थियो । यसपालि भाउ बढेर यो मूल्य नाघ्ने अनुमान गरिएको छ । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ३५ रुपैयाँले बढेर चाँदीकाे भाउ १४ सय १५ रुपैयाँमा पुगेको महासङ्घले जनाएको छ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।