मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 8 September 2026
ब्रेकिङ नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा, साउदी अरेबियामाथि ५ विकेटको शानदार जित
अर्थ वाणिज्य

दम्पत्तिको लागि ६ लाख रूपैयाँसम्मको आम्दानीमा कर नलाग्ने

Himali Patrika 1 मिनेट पढाइ

व्यक्तिलाई लाग्ने आयकरको सीमा बढाइएको छ। अब वार्षिक ५ लाखसम्म कमाउने व्यक्ति र दम्पत्तिको लागि ६ लाख रूपैयाँसम्मको आम्दानी आयकर मुक्त हुने भएको छ। आइतबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त घोषणा गरेका हुन्।

त्यस्तै, बीमा प्रिमियममा खर्च हुने ४० हजारसम्मको आम्दानी पनि करकट्टी हुने भएको छ। सीमाभन्दा कममा पनि लाग्ने न्यूनतम १ प्रतिशत आयकरको व्यवस्थाबारे बजेट भने मौन छ।

हाल व्यक्तिलाई वार्षिक ४ लाखसम्मको आम्दानीमा र दम्पत्तिलाई वार्षिक ४ लाख ५० हजारसम्मको आम्दानीमा एक प्रतिशत आयकर लाग्ने गरेको छ। त्यसभन्दा माथिको कमाईमा थप हुने रकमको आधारमा कर लाग्ने गरेको छ। अर्थात् कुनै व्यक्तिले वार्षिक ५ लाख ५० हजार कमाउँछ भने उसले ४ लाख ५० हजारसम्म एक प्रतिशतको दरमा र बाँकी एक लाख रूपैयाँमा भने १० प्रतिशतको दरमा आयकर तिर्नुपर्छ।

त्यस्तै, सात लाख ५० हजार कमाई हुनेले माथिका दरमा कर तिरेपछि बाँकी हुने २ लाखमा भने २० प्रतिशत थप आयकर तिर्नुपर्छ। वार्षिक २० लाख कमाई गर्नेले सीमा अनुसार माथिका कर तिरेपछि बाँकी १२ लाख ५० हजारमा भने ३० प्रतिशत कर तिर्नुपर्छ।

२० लाखभन्दा बढी कमाई हुनेले भने ३६ प्रतिशतको दरमा आयकर तिर्नुपर्छ। यी माथिका सीमामा के हुने बजेटमा उल्लेख गरिएको छैन।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।