चीनलाई सबैभन्दा बढी तेल बेच्ने देश बन्यो रुस

चीनलाई सबैभन्दा बढी तेल बेच्ने देश बन्यो रुस

काठमाडौँ । पश्चिमा देशहरूको प्रतिबन्धका कारण रुस चीनलाई सबैभन्दा बढी तेल बेच्ने देश बनेको छ । साउदी अरबलाई उछिन्दै रुस चीनलाई सबैभन्दा बढी तेल बिक्री गर्ने देश बनेको हो । पछिल्लो समय चीनमा रुसबाट आउने तेल ५५ प्रतिशतसम्म पुगेको छ ।

बीबीसीका अनुसार कोरोना महामारी र अर्थतन्त्र कमजोर बन्दै गए पनि चीनले रुसबाट किन्ने तेलको परिमाण भने बढाइरहेको छ । गत फेब्रुअरीमा नेटोको विस्तारविरुद्ध एकजुट हुँदै रुस र चीनले आफूहरूको मित्रतामा कुनै सीमा नभएको घोषणा गरेका थिए । दुवै देशले संयुक्त वक्तव्य जारी गरी नेटोको विस्तारविरुद्ध आवाज उठाएका थिए । सिनोपेक र सरकारी कम्पनी सेनहुआले रुसबाट तेल खरिदको परिमाणलाई बढाइरहेका छन् ।

अमेरिकाले प्रतिबन्ध लगाएपछि रुसले तेलमा भारी छूट दिँदै आएको छ ।पछिल्लो महिना मात्र चीनमा रुसबाट करिब ८.४२ मेट्रिक टन कच्चा तेल आयात भएको छ । चीनमा रुसबाट इस्ट साइबेरिया प्यासिफिक ओसन पाइपलाइन र समुद्री मार्ग हुँदै तेल आयात हुन्छ । चीनको भन्सार प्रशासनका अनुसार यसअघि पहिलो स्थानमा रहेको साउदी अरबबाट गत महिना ७.८२ मेट्रिक टन तेल आयात भएको छ ।

Europass CV in Nepal

गत मार्चमा अमेरिका र बेलायतले रुसी तेलमाथि प्रतिबन्ध लगाउने घोषणा गरेका थिए । त्यस्तै युरोपेली युनियनले रुसी ग्यासमाथिको निर्भरतालाई घटाउँदै लैजाने बताएको थियो । युक्रेनमाथि रुसले आक्रमण बढाउँदै लगेपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी तेलमाथि प्रतिबन्धको घोषणा गरेका थिए ।

प्रतिबन्धले रुसी अर्थतन्त्र कमजोर हुने राष्ट्रपति भ्लादिमर पुटिन आक्रमण रोक्न बाध्य हुने बताइएको थियो । तर प्रतिबन्धको असर अमेरिकी र युरोपेली मात्रै होइन विश्वबजारमा नै देखिएको छ । पछिल्लो समय विश्वबजारमा इन्धनको मूल्य दिनदिनै बढ्दै गइरहेको छ ।

Europass CV in Nepal