यस्तो छ आज राष्ट्रबैंकले सार्वजनिक गरेको ‘विनिमय दर’

यस्तो छ आज राष्ट्रबैंकले  सार्वजनिक गरेको ‘विनिमय दर’

नेपाल राष्ट्र बैंकले सोमबारको विनिमय दर सार्वजनिक गरेको छ। सोमबार अमेरिकी डलर एकको खरिददर १२९ रुपैयाँ २९ पैसा र बिक्रीदर १२९ रुपैयाँ ८९ पैसा कायम गरिएको छ। आइतबार हालसम्मकै उच्च भाउ कायम गरेको डलर आज स्थिर रहेको छ।

युरोपियन युरो एकको खरिदमा भने १२५ रुपैयाँ ३१ पैसा र बिक्रीमा १२५ रुपैयाँ ८९ पैसा पाइन्छ। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८४ रुपैयाँ ४० पैसा र बिक्रीमा ८४ रुपैयाँ ७९ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ १३ पैसा र बिक्रीमा ९५ रुपैयाँ ५७ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १४० रुपैयाँ ३८ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३ पैसा तोकिएको छ। यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ३० पैसा र बिक्रीमा ३५ रुपैयाँ ४६ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३४ रुपैयाँ ५२ पैसा तोकेको छ।

Europass CV in Nepal

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ २० पैसा र बिक्रीमा ३५ रुपैयाँ ३६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा सोमबार २८ रुपैयाँ २४ पैसा र बिक्रीमा २८ रुपैयाँ ३७ पैसा पाइन्छ।

सोमबार कुवेती दिनार एकको खरिदमा ४१७ रुपैयाँ १३ पैसा र बिक्रीमा ४१९ रुपैयाँ ७ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४२ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३४४ रुपैयाँ ५१ पैसा तोकिएको छ।

Europass CV in Nepal