मात्र २० लाख पर्ने फोर ह्वील विद्युतीय कार नेपाली बजारमा, चौधरी ग्रुपले विक्री गर्ने

मात्र २० लाख पर्ने फोर ह्वील विद्युतीय कार नेपाली बजारमा, चौधरी ग्रुपले विक्री गर्ने

काठमाडौं । विगत केही समयदेखि न्यू इनर्जी भेहिकलको विक्रीमा प्रवेश गरेको चौधरी ग्रुप अन्तर्गतको सिजी मोटर्सले नेपाली बजारमा नयाँ ब्राण्डको मिनी ईभी ल्याउने भएको छ । कम्पनीले सिटी कारको रुपमा उपयुक्त हुने ‘जीयाङ्सु हाउजी अटो’ले उत्पादन गरेको ‘आमाई’ मिनी ईभी नेपाल ल्याउन लागेको हो ।

यो सानो ईभीमा फोर ह्वील ड्राइभ अप्सन पाउन सकिन्छ । थ्री डोर अप्सनमा आउने यो सानो कारमा ४ सिट दिइएको छ । आमाई मिनी ईभीमा १८.४३ किलोवाट आवरको लिभियम आयोन ब्याट्री प्याक दिइएको छ ।

यसमा रहेको ब्याट्रीलाई एक पटक फुल चार्जमा २२५ किलोमिटरसम्म गुडाउन सकिने सिजी मोटर्स स्रोतले जानकारी दियो । अगाडि र पछाडि नै मोटर दिइएको कारमा २४ किलोवाट क्षमताको मोटर छ । कारको टप स्पीड क्षमता १०० किलोमिटर प्रतिघण्टासम्म रहेको छ ।

Europass CV in Nepal

मिनी कार भएर पनि यसमा ठूलो साइजको हुवील दिइएको छ । सामान्यतया मिनी कारमा १२ देखि १३ इन्चको ह्वील रहने गरेको पाइन्छ । तर, यसमा १५ इन्चको ठूलो ह्वील छ । ठूलो ह्वीलको सहायताले नेपालको जस्तो रफ बाटाहरुमा पनि यसलाई सजिलै गुडाउन सकिने कम्पनीले जनाएको छ ।

आकर्षक रेट्रो डिजाइनमा रहेको हाउजीको मिनी कारमा दुईवटा राउण्ड क्रिस्टल प्रोजेक्सन हेडलाइट र राउण्ड आकारमै दिइएको डीआरएल पाउन सकिन्छ । कारको वाहिरी आवरणमा आकर्षक क्लियर एज र कर्नर रहेको छ । फ्रन्ट र टेल डिजाइनमा दिइएको डिजाइन लाइनले कारलाई एसयूभी लुक्स दिन सफल भएको छ ।

म्युजिक सिस्टम, एयर कण्डिसन डिजिटल इन्स्ट्रुमेन्ट प्यानल र वाईफाई तथा व्लुटुथ सपोर्ट गर्ने ९ इन्चको सेन्ट्रल कन्ट्रोल सिस्टम पाउन सकिन्छ । यसमा चार फरक फरक तरिकाले एड्जस्ट गर्न सकिने ड्राइभर र प्यासेन्जर सिट पनि रहेको छ ।

कम्पनीले मिनी कारमा सिट तथा स्टेरिङ ह्वीलमा लेदरको प्रयोग गरेको कारण क्याविन समेत प्रिमियम देखिएको छ । मिनी कारको लम्बाई ३४४४ एमएम, उचाई १५३५ एमएम, चौडाई १५५० एमएम र ह्वीलवेस २३५० एमएम रहेको छ । अहिल्यै मूल्य एकिन नभएपनि यसको सुरुवाती मूल्य २० लाख हाराहारी रहने कम्पनी स्रोतले बताएको छ ।

 

Europass CV in Nepal