मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 29 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
अर्थ वाणिज्य

४ अर्बको टाइल्स उद्योग खोल्न नेपाल भित्रियो भारतकै ठुलो कम्पनी

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौँ । भारतको ठूलो टाइल्स कम्पनी कजारिया सेरामिक्सले नेपालको प्रसिद्ध व्यापारिक समूह रमेश कर्पसँग मिलेर उद्योग सञ्चालन गर्ने भएको छ । नेपालमा सबैभन्दा ठूलो कम्पनी स्थापना गर्नेगरी दुई समूहबीच व्यावसायिक सम्झौता भएको छ । रमेश कर्पका कार्यकारी निर्देशक प्रतिक जलान र कजारिया सेरामिक्सका अध्यक्ष/प्रबन्ध निर्देशक अशोक कजारियाले सम्झाैतामा हस्ताक्षर गरे ।

सम्झौता अनुसार कम्पनीले वार्षिक ८ लाख वर्ग मिटर उत्पादन क्षमतामा उद्योग सञ्चालन गर्नेछ । २ अर्ब ५० करोड भारु अर्थात् ४ अर्ब नेपाली रुपैयाँ पुँजीको कम्पनी स्थापना हुने भएको छ । दुवै समूहको लगानी ५०/५० प्रतिशत हुनेछ । सेरामिक र भिट्रिफाइड टाइल्स उत्पादन गर्ने नवनिर्मित कारखाना २०२३ को अन्त्यसम्ममा सञ्चालनमा ल्याउने लक्ष्य लिइएको छ ।

नेपाली बजारको मागलाई पूरा गरी निर्यात गर्ने परिकल्पनाका साथ उद्योग स्थापना गर्न लागिएको सेरामिक्सका अध्यक्ष कजारियाले जानकारी दिए । नेपालमा उपलब्ध प्रमुख कच्चा पदार्थहरू टाइल्स उत्पादनमा प्रयोग गरिनेछ । ‘यो कदमले नेपालको बजारमा हाम्रो उपस्थितिलाई अझ बलियो बनाउनेछ’ कजारियाले भने ‘यो परियोजना तत्काल सुरु भई २०२३ को अन्त्यसम्ममा सञ्चालनमा आउनेछ ।’

सुविधा सम्पन्न प्लान्ट नेपालकै एक प्रतिष्ठित नमुना उद्योग बन्ने उनले बताए । ‘अत्याधुनिक प्रविधिको प्रयोग, गुणस्तर, दक्षता र वातावरणीय मापदण्डहरु प्राथमिकताका साथ प्रयोजन गरिनेछ’ उनले भने । कजारिया सेरामिक्स भारतमा सेरामिक/भिट्रिफाइड टाइल्सको सबैभन्दा ठूलो र विश्वको सातौं ठूलो उद्योग हो । भारतका विभिन्न प्रदेशमा यसका ८ वटा उत्पादन कम्पनी छन् । रमेश कर्पका कार्यकारी निर्देशक जलानले देशमा रोजगारी सिर्जना गर्न यो उद्योगले महत्त्वपूर्ण टेवा पुग्ने बताए ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।