मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 8 September 2026
ब्रेकिङ नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा, साउदी अरेबियामाथि ५ विकेटको शानदार जित
अर्थ वाणिज्य

स्कोडा कुशाक : ग्लोबल एनक्यापबाट ५ स्टार सुरक्षा रेटिङ प्राप्त

Himali Patrika 1 मिनेट पढाइ

दाङ। युरोपेली विश्व प्रसिद्ध ब्रान्डको गाडी स्कोडा कुशाकले ग्लोबल एनक्यापबाट ५ स्टार सुरक्षा रेटिङ प्राप्त गरेको छ। भारतका लागि ग्लोबल एनक्यापले गरेको परीक्षणमा वयस्क र बालबालिकाको सुरक्षाका लागि स्कोडा कुशाक र फक्सवागन ताइगुनले ५ स्टार रेटिङ प्राप्त गरेका हुन्। 

सुरक्षा परीक्षणमा ५ स्टार प्राप्त गरेसंगै यी कारहरू यात्राका लागि अत्यन्तै सुरक्षित मानिने महादेव अटोमोबाइल प्रालि दाङका सञ्चालक रुद्र शर्माले बताउनु भयो। ‘हाम्रा गाडीहरु युरोपेली ब्रान्डका विश्व प्रसिद्ध गाडीहरू हुन्, सुरक्षाका मामिलामा पनि हालै ग्लोबल एनक्यापले गरेको परीक्षणमा ५ स्टार प्राप्त गरेका छन्। सञ्चालक शर्माले भन्नुभयो, ‘यी विश्वस्तरीय गाडीहरू अब दाङमा पनि उपलब्ध छन्।

केहिदिन यता महादेव अटोमोबाइल प्रालि दाङले जिल्लाका विभिन्न ठाउँमा आफ्ना सुविधासम्पन्न स्कोडा कुशाक ब्रान्डका गाडीहरू रोड शो मार्फत प्रदर्शनी गर्दै आएको छ। सोमबार रोड शो तथा प्रदर्शनीका लागि तुलसीपुरका विभिन्न ठाउँमा स्टल राखेर गाडी देखाइएको सञ्चालक शर्माले बताउनु भयो। 

‘प्रदर्शनीमा हाम्रा गाडीप्रति प्रतिक्रिया राम्रै आइरहेका छन्, सञ्चालक शर्माले भन्नुभयो,  ‘पछिल्लो समय बैङ्किङ क्षेत्रमा बढेको चर्को ब्याजदरका कारण यी सुविधासम्पन्न गाडी खरिद गर्ने जो कोहीले हिम्मत गरेका छैनन्।’ 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।