मुख्य सामग्रीमा जानुहोस्
Friday, 9 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
खेलकुद

यी जापानिज दर्शकको कामले कतारमा सबैको मन जिते, कतारी समेत फिदा भए

Himali Patrika 1 मिनेट पढाइ

सभ्यता र संस्कारले भरिपूर्ण हुन्छन जापानी नागरिक भन्ने उदाहरण कतारमा पनि देखिएको छ ।  हिजो कतार र इक्वेडरबीच हिजो भएको उद्घाटन खेलपछि जापानी दर्शकले रंगशाला सफा गरेको भिडियो अहिले सामाजिक सञ्जालमा खुबै चर्चा कमाइ रहेको छ ।

हजारौँको सङ्ख्यामा रहेका दर्शक सबै खेल सकिएपछि आफ्नो आफ्नो गन्तव्यमा  लागिरहेका थिए भने जापानी दर्शकहरू भने वरपरको फोहोर संकलन गर्न लागेका थिए। बहराइनी युट्युबर ओमार अल फारुकले इन्स्टाग्राममा पोस्ट गरेको भिडियोमा जापानी दर्शकहरूले रंगशाला सफा गरेको देख्न सकिन्छ ।

भिडियोमा उमर फारुकले किन यसो गर्दैछौ भन्ने प्रश्नमा एक दर्शकले हामी जापानी हौं र हामी आफू बसेको स्थानमा फोहोर छाडेर जाँदैनौ, हामी सबै स्थानको सम्मान गर्दछौँ भनेका छन् । भिडियो भाइरल भएपछि जापानी फ्यानहरूलाई धन्यवाद दिँदै जापानिजहरूको अझ बढी सम्मान भएको धेरैले प्रतिक्रिया दिएका छन् ।

तर यो पहिलो पटक भने होइन । जापानी समर्थकले रङ्गशाला सफा गरेको समाचार यसअघि पनि भाइरल हुँदै गरेको छ । भिडियोले सोसल मिडियामा लोकप्रियता प्राप्त गरेपछि धेरैले जापानी फ्यानहरूलाई धन्यवाद दिएका छन्। उक्त भिडियोमा प्रतिक्रिया दिँदै एकजना प्रयोगकर्ताले लेखेका छन्,  ‘जापानी नागरिकको यस्तो व्यवहारले यिनीहरूलाई विश्वले सम्मान गरेको छ।’ 

वास्तवमै भन्नुपर्दा देश बाहिर जापानी नागरिकले गरेकै जस्तो व्यवहार गर्दा देश अनि व्यक्तिको इज्जत बढ्ने गर्दछ। यदि तपाई पनि कतारमा हुनुहुन्छ भने यी जापानी नागरिकहरूबाट प्रेरणा लिन सक्नुहुन्छ। 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।