मुख्य सामग्रीमा जानुहोस्
Saturday, 12 September 2026
ब्रेकिङ नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा, साउदी अरेबियामाथि ५ विकेटको शानदार जित
रोचक

ट्रम्पलाई एक्लै भेट्न अब ५० लाख डलर तिर्नुपर्ने

Himali Patrika 1 मिनेट पढाइ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग उनको फ्लोरिडास्थित मर-आ-लागो रिसोर्टमा एक्ला-एक्लै भेट्न र खाना खान व्यापारीहरूले ५० लाख डलर तिरिरहेका छन्।

त्यस्तै ट्रम्पसँग सामूहिक ‘क्यान्डल लाइट डिनर’ का लागि प्रतिव्यक्ति १० लाख डलर तिरिरहेको भनेर खोज पत्रकारिताका लागि मानिने अमेरिकी पत्रिका वायर्डले लेखेको छ।

गत शनिबारमात्रै मर-आ-लागोमा आयोजित उक्त ‘क्यान्डल लाइट डिनर’ का लागि १० लाख डलर तिरेर आफ्नो सिट बुक गर्न मागा (मेक अमेरिका ग्रेट अगेन) इन्कले दिएको एक निम्तो आफूसँग भएको वायर्डले दाबी गरेको छ। पहिलो आउने, पहिलो पाउने आधारमा बाँडिने त्यस्तो सिट सीमित रहेको भनेर सो निम्तोमा लेखिएको थियो।

मागा इन्क गत नोभेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनमा ट्रम्पलाई सघाउन दर्ता गरिएको सुपर प्याक हो।अमेरिकामा हुने चुनावमा उम्मेदवारहरूलाई सघाउन पैसा उठाउन प्याक खोलिन्छ।

सन् २०१० देखि खोल्न अनुमति दिइएको सुपर प्याकले उम्मेदवारहरूलाई समर्थन वा विरोध गर्न असीमित रकम संकलन गर्न र खर्च गर्न सक्छ। तर त्यस्ता सुपर प्याकले ती उम्मेदवारको चुनावी अभियानसँग प्रत्यक्ष तालमेल गर्न भने पाउँदैन।

मागा इन्कले गत राष्ट्रपतीय निर्वाचनमा ट्रम्पलाई जिताउन ४५ करोड डलरभन्दा बढी खर्च गरेको थियो।

Laxmi bank
पहिलो कार्यकालको अन्त्यतिर दोस्रो कार्यकालका लागि चुनाव प्रचार गर्न अमेरिकी राष्ट्रपतिले चन्दा उठाउँछन्। ७८ वर्षीय ट्रम्पका लागि भने उनको दोस्रो कार्यकालको सुरूमै पैसा उठाइँदैछ। अमेरिकाको संविधानले राष्ट्रपतिका लागि दुई कार्यकालको सीमा लगाएको छ। चुनाव जितेपछि भने उनले आफ्ना सभाहरूमा समर्थकलाई २०२८ मा फेरि निर्वाचन लडौं भनेर जिस्किँदै सोध्ने गरेका छन्।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।