मुख्य सामग्रीमा जानुहोस्
Wednesday, 16 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
खेलकुद

विश्वकपको भविष्यवाणी गर्ने अक्टुपस कता गयो?

Himali Patrika 1 मिनेट पढाइ

सन् २०२२ को विश्वकप फुटबलमा अन्तिम दुई खेल बाँकी छ। तेस्रो स्थानको लागि आज राति क्रोएसिया र मोरक्को भिड्नेछन् भने उपाधिका लागि भोलि अर्जेन्टिना र फ्रान्स भिड्दैछन्।

सबैको चासो अर्जेन्टिना र फ्रान्सबीचको खेलमा छ। अझ विशेषगरी अर्जेन्टिनी कप्तान लियोनल मेस्सीलाई लिएर छ। के उनी आफ्नो अन्तिम विश्वकपमा विजेता बन्न सक्लान्? लगातार तीन वटा फाइनल हारेका मेस्सीले लगातार तीन वटा उपाधि जित्न सक्लान्? पेले र म्याराडोना जस्तै सर्वकालीन् महान् खेलाडी बन्न सक्लान् उनी? यो अहिले धेरैको चासोको विषय हो।

यस्तै २३ वर्षकै उमेरमा लगातार दुई वटा विश्वकप जितेर के एम्बाप्पेले आफूलाई महान् खेलाडीको सूचीमा उभ्याउन सक्लान्? यो पनि अहिले सर्वाधिक चर्चा भएको विषय हो।

विश्वकपको फाइनल भिडन्तलाई लिएर अहिले विभिन्न अड्कलबाजीहरू भइरहेको छ। भविष्यवाणी गर्न कुकुर, बिरालो, कछुवा, चिल, माछालगायत विभिन्न प्राणीको सहायता लिइएको छ।

अधिकांशले विश्वकप अर्जेन्टिनाले जित्ने पूर्वानुमान गरेका छन्। आजभोलि टिकटकमा यस्ता भिडियो प्रशस्तै देखिन्छ। तर किन होला? के जनावरले विश्वकपको विजेताको भविष्यवाणी गर्न सक्छ? यो सबैको सुरुआत सन् २०१० को विश्वकपबाट भएको हो। त्यसबेलाको ‘पल द अक्टुपस’ले यो ट्रेन्डको सुरु गराएको थियो।

दक्षिण अफ्रिकामा भएको उक्त विश्वकप फुटबलको आठ वटा खेलमा उक्त अक्टुपसले भविष्यवाणी गरेको थियो। त्यसमध्ये आठ वटै खेलको विजेता अक्टुपसले चुनेको टोली भएको थियो। सबैभन्दा रोचक त, नेदरल्याण्ड्सलाई हराउँदै फाइनल खेल स्पेनले जित्छ भनेर पनि उक्त अक्टुपसले भविष्यवाणी गरेको थियो।

यो घटनापछि उक्त अक्टुपस संसारभर चर्चित भएको थियो। त्यसैको सिको गर्दै त्यसयताको हरेक विश्वकपमा जनावरलाई विजेता पूर्वानुमान गर्न लगाए पनि कुनैले पनि पलको स्थान लिन सकेको छैन।

पल द अक्टुपस सन् २००८ मा बेलायतको एक अक्वारियममा जन्मिएको थियो। विश्वकप विजेताको भविष्यवाणी गरेको केही महिनामै पलको अक्टुबर २६, २०१० मा मृत्यु भएको थियो। अक्टुपसको आयु दुई वर्ष हुन्छ। आयु पुगेकाले प्राकृतिक कारणले नै पलको मृत्यु भएको थियो।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।