मुख्य सामग्रीमा जानुहोस्
Wednesday, 16 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
खेलकुद

मेस्सीको स्वागतमा अविश्वसनीय भिड, बसमा फाल हाल्ने क्रममा एकको मृत्यु

Himali Patrika 1 मिनेट पढाइ

आकाशेपुलबाट फुटबल टिम चढेको खुल्ला बसमा फाल हाल्ने क्रममा घाइते भएकाहरु कोमामा गएका हुन् ।विजयी उत्सव मनाउने क्रममा समर्थकहरु अराजक बनेपछि प्रहरीले हवाइ फायरसमेत गर्नुपरेको छ ।

केही समर्थर्कले सुरक्षाकर्मीको गाडी नै अपरणसमेत गरेका थिए । समर्थकका कारण थेग्ने स्थिति नै नभएपछि विजयी र्‍याली छोट्याएर खेलाडीलाई हेलिकोप्टरबाट उद्धार गर्नु परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

मंगलबार बिहानै अर्जेन्टिना पुगेका उनीहरु खुल्ला बसमा परेडमा निस्केका थिए । लाखौं समर्थकको भिडमा खुल्ला बसमा बसेका उनीहरु आफूहरुलाई छुनै लागेको बिजुलीको तारलाई छल्न सफल भए ।

मेसीहसति एन्जल डि मारिया, लिएनड्रो परेडेस, रोड्रिगो डे पउल र निकोलस ओटामेन्डी बसको टपमा बसेका थिए । सार्वजनिक भिडियोमा उनीहरुले अन्तिम समयमा निहुरिएर तारलाई छलेको देखिन्छ ।

आफूहरु तार नजिक पुगेको थाहा पाउने वित्तिकै यी ५ खेलाडी निहुरिएका थिए । आइतबार सम्पन्न फाइनलमा अर्जेन्टिनालाई साविक विजेता फ्रान्सलाई पेनाल्टी शुटआउटमा पराजित गर्दै ३६ वर्षपछि विश्वकप जितेको हो ।

सन् १९८६ मा दोश्रो पटक विश्वकप जितेको अर्जेन्टिनाले त्यसको ३६ वर्षपछि तेस्रो उपाधि उचालेको थियो । विश्व विजेता टिमको समर्थनमा राजधानी ब्यूनर्स आयर्सको सडकमा ४० लाख मानिस उत्रिएका थिए ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।