यस्ता गोलकिपर जो गोल पोष्टमा बस्न मान्दैन थिए प्रशिक्षकसंगको छाडे क्यामरुनको राष्ट्रिय टोली

यस्ता गोलकिपर जो गोल पोष्टमा बस्न मान्दैन थिए प्रशिक्षकसंगको छाडे  क्यामरुनको राष्ट्रिय टोली

क्यामरुनका गोलकिपर आन्द्रे ओनानाले राष्ट्रिय फुटबल टोली छाँडेका छन् । गत सातामात्र कतारमा सम्पन्न विश्वकप फुटबल २०२२ को दौरान उनी प्रशिक्षकसँगको विवादमा तानिएका थिए । त्यसपछि सर्बियासँगको खेल नखेलि उनी स्वदेश फर्किएका थिए ।

राष्ट्रिय टोलिका अफिसियल र फुटबल संघसँग असहमति बढेपछि कतार छोडेर उनी स्वेदश फर्किएका थिए । त्यसपछि उनको स्थानमा डेभिस इप्पासीले खेलेका थिए ।ओनानाको खेल्ने शैलीप्रति क्यामरुनको प्रशिक्षक टोलिलाई समस्या भएपछि ओनानाले असहमति जनाएका थिए ।

प्रशिक्षक टोलि र ओनानाबिच असमझदारी बढेपछि क्यामरुनका स्टार सामुएल इटोको अध्यक्षतमा रहेको फुटबल संघले हस्तक्षेप गर्दै सम्बन्ध सुधार गर्ने प्रयास गरेको थियो । तर संघको प्रयास सफल हुन सकेन ।

Europass CV in Nepal

प्रशिक्षक टोलिले ओनाना खेलमा निकै अघि बढेर खेलिरहेको जसले टोलिको नतिजामा फरक पर्न सक्ने भन्दै उनलाई पारम्परिक गोलकिपर झै पोष्टको रक्षामा केन्द्रित रहेर खेल्न सुझाव दिएका थिए । तर ओनानाले आफ्नो शैली ठिक रहेको र परिवर्तन नगर्ने जवाफ दिएका थिए ।

ओनानासँग समझदारी नबनेपछि संघ र टोलिले उनको नाम विश्वकपबाट हटाएको थियो । जसका कारण ओनाना घर फर्किएका हुन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत क्यामरुनको राष्ट्रिय फुटबल टिमसँगको आफ्नो यात्रा टुंगिएको लेखेका छन् । उनी इटालियन क्लब इन्टर मिलानबाट खेल्दै आएका छन् ।