मुख्य सामग्रीमा जानुहोस्
Wednesday, 16 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
खेलकुद

यस्ता गोलकिपर जो गोल पोष्टमा बस्न मान्दैन थिए प्रशिक्षकसंगको छाडे क्यामरुनको राष्ट्रिय टोली

Himali Patrika 1 मिनेट पढाइ

क्यामरुनका गोलकिपर आन्द्रे ओनानाले राष्ट्रिय फुटबल टोली छाँडेका छन् । गत सातामात्र कतारमा सम्पन्न विश्वकप फुटबल २०२२ को दौरान उनी प्रशिक्षकसँगको विवादमा तानिएका थिए । त्यसपछि सर्बियासँगको खेल नखेलि उनी स्वदेश फर्किएका थिए ।

राष्ट्रिय टोलिका अफिसियल र फुटबल संघसँग असहमति बढेपछि कतार छोडेर उनी स्वेदश फर्किएका थिए । त्यसपछि उनको स्थानमा डेभिस इप्पासीले खेलेका थिए ।ओनानाको खेल्ने शैलीप्रति क्यामरुनको प्रशिक्षक टोलिलाई समस्या भएपछि ओनानाले असहमति जनाएका थिए ।

प्रशिक्षक टोलि र ओनानाबिच असमझदारी बढेपछि क्यामरुनका स्टार सामुएल इटोको अध्यक्षतमा रहेको फुटबल संघले हस्तक्षेप गर्दै सम्बन्ध सुधार गर्ने प्रयास गरेको थियो । तर संघको प्रयास सफल हुन सकेन ।

प्रशिक्षक टोलिले ओनाना खेलमा निकै अघि बढेर खेलिरहेको जसले टोलिको नतिजामा फरक पर्न सक्ने भन्दै उनलाई पारम्परिक गोलकिपर झै पोष्टको रक्षामा केन्द्रित रहेर खेल्न सुझाव दिएका थिए । तर ओनानाले आफ्नो शैली ठिक रहेको र परिवर्तन नगर्ने जवाफ दिएका थिए ।

ओनानासँग समझदारी नबनेपछि संघ र टोलिले उनको नाम विश्वकपबाट हटाएको थियो । जसका कारण ओनाना घर फर्किएका हुन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत क्यामरुनको राष्ट्रिय फुटबल टिमसँगको आफ्नो यात्रा टुंगिएको लेखेका छन् । उनी इटालियन क्लब इन्टर मिलानबाट खेल्दै आएका छन् ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।