यो देशका राजा प्रत्येक वर्ष कुमारी केटीसँग विवाह गर्छन्, कति पुगे पत्नी र छोराछोरी

यो देशका राजा प्रत्येक वर्ष कुमारी केटीसँग विवाह गर्छन्, कति पुगे पत्नी र छोराछोरी

विवाहित श्रीमान र श्रीमतीमा विवाहपछि केही खोट भएमा वा समझदारी कायम हुन नसकेमा सम्बन्ध विच्छेदका लागि प्रक्रिया चालिन्छ । चाहे त्यो श्रीमानमा होस् वा श्रीमतीमा । तर विश्वको यस्तो एउटा देशका राजा छन्, जो सम्बन्ध विच्छेद नै नगरी वर्षै पिच्छे एउटा विवाह गर्छन् ।

देशका राजामाथि कयौँ जिम्मेवारी हुुन्छन् जुन पालना गर्नैपर्छ । राजाले आफ्ना सन्तान मात्रै होइन सम्पूर्ण जनताको जिम्मेवारी लिनुपर्छ । उनले आफ्ना जनताको सबै दुुःख पीडा बुुझ्नुु पर्छ । विश्वका धेरैजसो देशमा राजतन्त्र विस्तारै समाप्त हुँदै छ । केही देशमा मात्रै राजतन्त्र कायम छ । त्यस मध्येको एक अफ्रिकी देश स्वाजिल्यान्ड पनि हो । यहाँको राजाका व्यवहार बारे थाहा पाउँदा तपाई पनि अचम्म लाग्ला ।

देश स्वतन्त्र भएको ५० वर्ष पुरा भएपछि यहाँका राजाले २०१८ मा देशको नाम फेरेर द किंगडम अफ इस्वातिनी राखेका छन् । यो देश अफ्रिकी महाद्विपमा दक्षिण अफ्रिकासँगै जोडिएको छ । दक्षिण अफ्रिका र मोजाम्बिकको सीमासँग जोडिएको यो देश यहाँको राजाका कारण सधैजसो चर्चामा आउने गरेको छ ।

Europass CV in Nepal

यो देशमा प्रत्येक वर्ष अगस्ट–सेप्टेम्बर महिनामा महारानीको आमाको शाही गाउँ लुदजिजिनीमा उम्हलांवगा महोत्सव आयोजना गरिन्छ । यो वर्षमा १० हजार भन्दा बढी कुमारी केटी र बालिकाहरुले सहभागिता जनाउँछन् । यहाँका राजाको अगाडि कुमारी केटी आफ्नो नृत्य देखाउँछन् ।

एक रिपोर्ट अनुुसार पर्वमा सहभागि हुने केटीहरुमध्ये एकलाई राजाले प्रत्येक वर्ष आफ्नो रानी बनाउँछन् । सबै भन्दा अचम्मको कुरा के छ भने यी केटीहरु बिना कपडा राजा र उनको सम्पूूर्ण प्रजाको अगाडि नृत्य गर्छन् । यो परम्पराको कयौँ युवतीले बिरोध गर्ने गर्छन् । कतिपयले यो परेडमा सहभागी हुन अस्वीकार गर्दै आएका छन् । राजाले यसबारे थाहा पाएपछि केटीहरुको परिवारले ठूलै जरिवाना तिर्नुु परेको घटना पनि सार्वजनिक छ ।

यहाँका राजाले अत्यन्तै शानदार जीवन बिताउने गरेको आरोपसमेत लाग्ने गरेको छ । यहाँका धेरैजसो जनता अत्यन्त गरिबीमा जीवन यापन गर्दै आएका छन् । २०१५ मा भारत–अफ्रिका शिखर सम्मेलनमा सहभागी हुन राजा मस्वाती तृतीय भारत पनि गइसकेका छन् । राजा मस्वाती तृतीय आफूसँग १५ श्रीमती, छोराछोरी र १०० नोकर लिएर आएका थिए । उनका लागि दिल्लीको एक पाँच तारे होटलमा २०० वटा कोठा बुक गरिएको थियो ।

 

Europass CV in Nepal