काठमाडौं । अर्जेन्टिनाले फिफा विश्वकप २०२२ को उपाधि जितेको छ । फाइनल खेलमा अर्जेन्टिनाले फ्रान्सलाई हराएको थियो । नतिजा पेनाल्टी सुटआउटबाट आयो जसमा अर्जेन्टिना ४-३ ले विजयी भयो। तर यो जितसँगै क्यानडाका र्यापर ड्रेकले १३ करोडभन्दा बढी गुमाए ।
वास्तवमा ड्रेकले ९० मिनेटमा अर्जेन्टिनाको जितको दाबी गरेका थिए र यसका लागि उनले १० लाख डलर (१३ करोड २७ लाख रुपैयाँ)को बाजी लगाएका थिए । तर फ्रान्स र अर्जेन्टिनाबीचको खेल यति रोचक बन्यो कि जित र हारको निर्णय पेनाल्टी सुटआउटबाटै भयो ।
यसरी ड्रेकले ९० मिनेटमा अर्जेन्टिनाले जित्ने दावी गलत साबित भयो र उनले बाजी हारे । जसका कारण उनले १३ करोड रुपैयाँ गुमाउनु परेको थियो । इन्स्टाग्राममा पोष्ट गर्दै उनले बाजी जितेको भए २.७५ मिलियन डलर (३६ करोड बढी) पाउने बताए । यद्यपि, ड्रेकले पछि यो पोस्ट हटाए।
र्यापर ड्रेकले अर्जेन्टिनालाई मात्र समर्थन गरिरहेका थिए। एक भिडियोमा उनी भन्दै थिए– ‘म अर्जेन्टिना लिन्छु र उसले फ्रान्स लिन्छ ।’ यसबाहेक अर्जेन्टिनाको समर्थनमा उनका धेरै तस्विरहरु पनि सार्वजनिक भएका छन् । ड्रेक अर्जेन्टिनाको जितमा विश्वस्त थिए। तर, अर्जेन्टिनाले पक्कै जित्यो तर ड्रेकका अनुसार ९० मिनेटमा नभई पेनाल्टी सुटआउटमा ।
डेली मेलका अनुसार ड्रेकले यस वर्ष धेरै खेलकुद कार्यक्रमहरूमा बाजी लगाएका छन्। तर अधिकांशमा हार बेहोरेका थिए । उनले गत महिना पूर्व युएफसी च्याम्पियन इजरायल अदेसन्यासँग १६ करोड रुपैयाँको बाजी हारे । अर्को एउटा फुटबल प्रतियोगितामा पनि उनले बाजी लगाएको टोली हार्यो । ड्रेकले यो वर्ष स्पेनिस ग्रान्ड प्रिक्समा पनि १ करोड ९० लाख रुपैयाँ गुमाए ।
फिफा विश्वकप २०२२ को फाइनल खेलमा पहिलो हाफ अर्जेन्टिनाको पक्षमा रह्यो । यस अवधिमा अर्जेन्टिनाले २ गोल गरेको थियो । दोस्रो हाफमा ब्याकफुटमा देखिएको फ्रान्सले पुनरागमन गर्दै २–२ गोल गर्दै खेल बराबरी गरेको थियो । ९० मिनेट र अतिरिक्त ७ मिनेट सकिएपछि गोल २–२ को बराबरीमा थियो ।
यस्तो अवस्थामा १५–१५ मिनेट अतिरिक्त समय दिइएको थियो । तर अतिरिक्त समयमा पनि खेल ३–३ गोलको बराबरीमा सकिएको थियो । त्यसपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुटआउटमा अर्जेन्टिनाले फ्रान्सलाई ४–२ ले हराएको थियो ।