मुख्य सामग्रीमा जानुहोस्
Saturday, 12 September 2026
ब्रेकिङ नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा, साउदी अरेबियामाथि ५ विकेटको शानदार जित
रोचक

क्रिस्टियानो रोनाल्डोको जादु, च्यानल खोलेको २४ घण्टामै युट्युबमा २९ मिलियनभन्दा बढी सब्सक्राइब

Himali Patrika 1 मिनेट पढाइ

पोर्चुगलका खेलाडी रोनाल्डोले आफ्नो “UR Cristiano” च्यानलमा पहिलो भिडियो पोस्ट गरेपछि युट्युबमा २८.३ मिलियनभन्दा बढी सब्सक्राइब पुगेको छ। उनले युट्युबमा छिटोभन्दा छिटो आफ्नो सब्सक्राइब संख्या वृद्धिको उत्सव मनाउँदै इन्स्टाग्राममा एउटा भिडियो शेयर गरे, जहाँ उनले गोल्डेन युट्युब प्लेक देखाएका छन्। उक्त प्लेक युट्युबले क्रिएटर अवार्ड अन्तर्गत milestone पुरा गरेपछि प्रदान गर्दछ। रोनाल्डोले युट्युबमा आफ्नो च्यानल गत जुलाई ८ मा सुरु गरेका हुन् तर उनका पहिलो भिडियोहरू हालसालै मात्रै पोस्ट भएका थिए।

हालसम्म रोनाल्डोले १९ वटा भिडियो अपलोड गरेका छन्, जसमा ७ वटा रील्स र १२ वटा पारम्परिक भिडियोहरू छन्। प्राय: भिडियोहरू तीन मिनेटभन्दा कम समयका छन् र तिनीहरू रोनाल्डो, उनको परिवार र उनको जीवनशैलीमा केन्द्रित छन्।

रोनाल्डोले युट्युबमा कदम चालेको जानकारी पहिलो पटक इन्स्टाग्राममार्फत दिएका थिए, जहाँ उनले आफ्ना प्रशंसकहरूलाई “ठूलो सरप्राइज”को जानकारी दिएका थिए।

युट्युबबाहेक, रोनाल्डो सामाजिक सञ्जालमा पनि विशाल फ्यान फलोइङको धनी छन्। उनको एक्समा ११२.६ मिलियनभन्दा बढी फलोअर्स छन् भने फेसबुकमा १७० मिलियन फलोअर्स छन्। इन्स्टाग्राममा उनीसँग ६३६ मिलियन फलोअर्स छन्, जसले उनलाई इन्स्टाग्रामको आधिकारिक खाता पछि दोस्रो सर्वाधिक फलो गरिएका व्यक्तिको रुपमा स्थापित गरेको छ। (तेस्रो स्थानमा अर्को फुटबल खेलाडी लियोनेल मेस्सी छन्)।

युट्युब युरोप, मध्यपूर्व र अफ्रिकाका उपाध्यक्ष पेड्रो पिनाले रोनाल्डोलाई बधाई दिँदै भनेका छन्, “फुटबलका दिग्गज क्रिस्टियानो रोनाल्डोसँगको युट्युबको साझेदारी माया र समर्पणको परिणाम हो। उनको च्यानलले यसरी नै सफलता पाइरहेको देख्दा आनन्द लाग्छ। यो त एउटा महान यात्रा मात्र सुरु भएको हो।

रोनाल्डो म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड र युभेन्टसमा खेलिसकेका छन् र उनी आफ्नो जीवन फ्यानहरूसँग बाँड्ने पहिलो खेलाडी भने होइनन्।

गोल्डेन स्टेट वारियर्सका खेलाडी स्टेफन करीसँग युट्युबमा १.७६ मिलियनभन्दा बढी फलोअर्स छन् भने पूर्व क्यारोलिना प्यान्थर्स क्वार्टरब्याक क्याम न्यूटनले आफुलाई “एनएफएल इतिहासको सबैभन्दा ठूलो युट्युबर” बताउँदै युट्युबमा १.४६ मिलियन फलोअर्स पाएका छन्।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।