मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 6 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
अन्तराष्ट्रिय

विश्वमै पहिलो पटक मानव शरीरमा सुँगुरको मुटु प्रत्यारोपण

Himali Patrika 1 मिनेट पढाइ

विश्वमै पहिलो पटक मानव शरीरमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको छ । आनुवांशिक रूपमा परिवर्तन गरिएको सुँगुरको मुटु प्रत्यारोपण गर्ने अमेरिकामा डेभिड बेनेट विश्वका पहिलो व्यक्ति भएका छन् । मुटु प्रत्यारोपण गरिएका बेनेटले आफू बाँच्न सक्ने आशा व्यक्त गरेका छन् ।

डाक्टरका अनुसार बाल्टिमोरमा गरिएको सात घण्टा लामो प्रयोगात्मक प्रक्रियाको तीन दिनपछि डेभिड बेनेटको शरीरले राम्रो प्रतिक्रिया जनाएको छ । युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरलाई अमेरिकाको चिकित्सासम्बन्धी नियामक निकायले सुँगुरको मुटु प्रत्यारोपणको प्रक्रिया गर्न विशेष छुट दिएको थियो ।

सुँगुरको मुटु प्रत्यारोपण गर्ने डाक्टरको टोलीले परीक्षण सफल भएपछि विश्वभरका मानिसको जीवनलाई परिवर्तन गर्न सक्ने आशा जगाएको प्रतिक्रिया दिएको बीबीसीले जनाएको छ ।

शल्यचिकित्सक बाट्र्ली पी. ग्रिफिथले यो शल्यक्रियाले विश्वलाई अङ्ग अभाव सङ्कटको समस्या समाधानका लागि एक कदम नजिक ल्याउने बताएको युनिभर्सिटी अफ मेरिल्याण्ड स्कुल अफ मेडिसिनको विज्ञप्तिमा उल्लेख छ ।

अहिले अमेरिकामा मात्रै दैनिक अङ्ग प्रत्यारोपणको पर्खाइमा रहेका १७ जना मानिसको ज्यान गइरहेको छ । यसअघि सन् २०२१ को अक्टोबरमा न्युयोर्कमा मानव शरीरमा सुँगुरको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण गरिएको थियो ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।