अमेरिकी वायुसेना हुँदै अन्तरिक्ष यात्री बनिन् दाङकी ज्योति केसी

अमेरिकी वायुसेना हुँदै अन्तरिक्ष यात्री बनिन् दाङकी ज्योति केसी

दाङ भालुवाङकी ज्योति केसी एरोस्पेस इन्जिनियरिङको पढाइका लागि सन् २०१७ मा अमेरिका पुगिन् । पढाइकै क्रममा उनी अमेरिकी वायुसेनामा भर्ती भइन् । र, अहिले अन्तरिक्षयात्रीको तयारीमा जुटेकी छन् ।

२७ वर्षीया ज्याेतिले भर्खरै एनालग अन्तरिक्षको प्रशिक्षण पूरा गरेकी छन् ।

यही असार १ गते नेपाल आइपुगेकी केसी दाङ घर पुगेको भने तीन दिनमात्र भएको उनका बाबु नरबहादुर केसीले शिलापत्रलाई फोनमा जानकारी दिए । छोरीले अन्तरिक्ष यात्रीको प्रशिक्षण पूरा गरेकोमा निकै गर्व लागेको उनले बताए ।

Europass CV in Nepal

ज्योतिले भनेकी छन्, ‘मैले भर्खरै एनालग अन्तरिक्ष यात्री प्रशिक्षण पूरा गरेको छु र आधिकारिक रूपमा एनालग अन्तरिक्ष यात्रीको रूपमा प्रमाणित भएको छु।’

उनले सामाजिक सञ्जालमा अन्तरिक्ष यात्रीको प्रशिक्षणबारे लेखेकी छन्, ‘सिरियस मिसनको कमाण्डर र इन्जिनियर समर्थनको रूपमा, मसँग संसारभरबाट चार चालक दलका सदस्यहरू थिए (अमेरिका, मेक्सिको, पोल्याण्ड)। यो हामी सबैको लागि एक अविश्वसनीय सिक्ने अनुभव थियो। तालिम पोल्याण्डमा दुई हप्तासम्म चलेको थियो, र म (लुनारेस रिसर्च स्टेशन) मा भाग लिने पहिलो नेपाली-अमेरिकी हुँ।’

अन्तरिक्ष यात्रीको प्रशिक्षण पूरा गर्ने ज्योति सम्भवत पहिलो नेपाली हुन् । उनले भनेकी छन्, ‘नयाँ प्रविधिहरू, रोबोटिक उपकरणहरू, सवारी साधनहरू, बासस्थान, सञ्चार, ऊर्जा उत्पादन, डिजाइन, गतिशीलता, एयरो र हाइड्रो प्लान्टेशन, आदि हाम्रो भूमिकाहरूमा बारम्बार परीक्षण र अनुसन्धान गरिन्छ। अलगाव र कैद टोली गतिशीलता, मेनु थकान र अन्य व्यवहार प्रभावहरू पनि अवलोकन गरिन्छ। मलाई जीवनमा एकपटक अवसर दिइएको थियो। र म मेरा आमाबुवा, दाजुभाइ, आफन्त, साथीहरू र संयुक्त राज्य वायु सेना, तिनीहरूको ठूलो सहयोगको लागि मेरो आभार व्यक्त गर्न चाहन्छु।’

उनले एनालग अन्तरिक्ष यात्रीको प्रशिक्षण पूरा गरेको खबरले भालुवाङमा अहिले हर्षको माहोल छ । उनी पढेको भालुवाङको विद्यालयले शनिबार उनलाई सम्मान गर्ने कार्यक्रम रहेको उनका बाबु नरबहादुरले बताए ।

 

Europass CV in Nepal