मुख्य सामग्रीमा जानुहोस्
Wednesday, 7 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
अन्तराष्ट्रिय

अमेरिकी वायुसेना हुँदै अन्तरिक्ष यात्री बनिन् दाङकी ज्योति केसी

Himali Patrika 1 मिनेट पढाइ

दाङ भालुवाङकी ज्योति केसी एरोस्पेस इन्जिनियरिङको पढाइका लागि सन् २०१७ मा अमेरिका पुगिन् । पढाइकै क्रममा उनी अमेरिकी वायुसेनामा भर्ती भइन् । र, अहिले अन्तरिक्षयात्रीको तयारीमा जुटेकी छन् ।

२७ वर्षीया ज्याेतिले भर्खरै एनालग अन्तरिक्षको प्रशिक्षण पूरा गरेकी छन् ।

यही असार १ गते नेपाल आइपुगेकी केसी दाङ घर पुगेको भने तीन दिनमात्र भएको उनका बाबु नरबहादुर केसीले शिलापत्रलाई फोनमा जानकारी दिए । छोरीले अन्तरिक्ष यात्रीको प्रशिक्षण पूरा गरेकोमा निकै गर्व लागेको उनले बताए ।

ज्योतिले भनेकी छन्, ‘मैले भर्खरै एनालग अन्तरिक्ष यात्री प्रशिक्षण पूरा गरेको छु र आधिकारिक रूपमा एनालग अन्तरिक्ष यात्रीको रूपमा प्रमाणित भएको छु।’

उनले सामाजिक सञ्जालमा अन्तरिक्ष यात्रीको प्रशिक्षणबारे लेखेकी छन्, ‘सिरियस मिसनको कमाण्डर र इन्जिनियर समर्थनको रूपमा, मसँग संसारभरबाट चार चालक दलका सदस्यहरू थिए (अमेरिका, मेक्सिको, पोल्याण्ड)। यो हामी सबैको लागि एक अविश्वसनीय सिक्ने अनुभव थियो। तालिम पोल्याण्डमा दुई हप्तासम्म चलेको थियो, र म (लुनारेस रिसर्च स्टेशन) मा भाग लिने पहिलो नेपाली-अमेरिकी हुँ।’

अन्तरिक्ष यात्रीको प्रशिक्षण पूरा गर्ने ज्योति सम्भवत पहिलो नेपाली हुन् । उनले भनेकी छन्, ‘नयाँ प्रविधिहरू, रोबोटिक उपकरणहरू, सवारी साधनहरू, बासस्थान, सञ्चार, ऊर्जा उत्पादन, डिजाइन, गतिशीलता, एयरो र हाइड्रो प्लान्टेशन, आदि हाम्रो भूमिकाहरूमा बारम्बार परीक्षण र अनुसन्धान गरिन्छ। अलगाव र कैद टोली गतिशीलता, मेनु थकान र अन्य व्यवहार प्रभावहरू पनि अवलोकन गरिन्छ। मलाई जीवनमा एकपटक अवसर दिइएको थियो। र म मेरा आमाबुवा, दाजुभाइ, आफन्त, साथीहरू र संयुक्त राज्य वायु सेना, तिनीहरूको ठूलो सहयोगको लागि मेरो आभार व्यक्त गर्न चाहन्छु।’

उनले एनालग अन्तरिक्ष यात्रीको प्रशिक्षण पूरा गरेको खबरले भालुवाङमा अहिले हर्षको माहोल छ । उनी पढेको भालुवाङको विद्यालयले शनिबार उनलाई सम्मान गर्ने कार्यक्रम रहेको उनका बाबु नरबहादुरले बताए ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।