मुख्य सामग्रीमा जानुहोस्
Wednesday, 7 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
अन्तराष्ट्रिय

एलन मस्क र अभिनेत्री नताशाले गरे ब्रेकअप

Himali Patrika 1 मिनेट पढाइ

विश्वकै धनाढ्य एलन मस्क र अष्ट्रेलियाली अभिनेत्री नताशा बासेटको ब्रेकअप भएको छ। हलिउड लाइफका अनुसार अर्बपति मस्कले आफू र अर्को कम्पनी न्युरालिंककी कार्यकारी शिभोन जिल्सले सन् २०२१ मा गोप्य रूपमा जुम्ल्याहा बच्चालाई जन्म दिएको खुलासा गरेपछि अभिनेत्री बासेटसँगको सम्बन्ध टुंगिएको हो।

यो खुलासासँगै मस्कका सन्तानको संख्या १० पुगेको छ। यो खुलासापछि नताशा मस्कसँगको सम्बन्धबाट पछि हटेको जनाइएको छ। उनीहरूले आफ्नो सम्बन्ध टुंगिए पनि राम्रो साथी बन्न सकिने बताएका छन्।

‘नताशाले एलनबाट धेरै कुरा सिकेकी छन्। उनीसँग बिताएको समयको लागि कृतज्ञ छिन् किनकी उनीहरूको सम्बन्ध विशेष र वास्तविक थियो। नताशाले आफ्नो करियरमा बढी ध्यान दिने निर्णय गरेकी छन्,’ हलिउड लाइफको स्रोतले भने।

‘एल्भिस’को बायोपिक फिल्म प्रदर्शनपछि मस्क र नताशाबीचको सम्बन्ध टुंगिएको हो। फिल्ममा नताशाले मुख्य भूमिका निर्वाह गरेकी छन्। जुनको अन्त्यमा फिल्मको प्रदर्शनपछि मस्कको सम्बन्धको कारण नताशा तनावमा रहेको बताइएको छ।

‘अभिनय सधैं उनको सपना हो र यो उनको पहिलो साँचो प्रेम हो। उनले आफ्नो जीवनमा धेरै मेहनत गरेकी छन्। उनलाई थाहा छ कि उनले अर्काे चरणमा एक्लै हिँड्नुपर्छ,’ स्रोतले भने। तर यसबारे एलन र नताशाले केही बताएका छैनन्।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।