मुख्य सामग्रीमा जानुहोस्
Thursday, 8 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
अन्तराष्ट्रिय

भारतीय कपाल उद्योगले बेचे एक वर्षमा ७७ करोड डलर बराबरको कपाल

Himali Patrika 1 मिनेट पढाइ

दक्षिण भारतमा रहेको तिरुमला मन्दिरमा हरेक दिन ६० हजारदेखि ८५ हजार तीर्थयात्री आउँछन् । धेरैजसो तीर्थयात्री २० घन्टासम्म लाममा उभिएर विष्णुका अवतार भगवान् बेंकटेश्वरको गर्भगृहको दर्शन गरेपछि सन्तुष्ट हुन्छन् । तर, ती तीर्थयात्रीमध्ये झन्डै आधा भने २४ सै घन्टा खुला रहने १३ सयभन्दा धेरै नाई दोकान (बार्बर सप)मा आफ्नो कपाल खौराउन लाइन लाग्छन् । राम्रो स्वास्थ्य, करिअर, प्रगति वा अन्य ईश्वरीय कृपाका लागि भाकलस्वरूप आफ्नो चुल्ठो (केश) चढाउन के पुरुष, के महिला, के केटाकेटी सबैले यहाँ आएर कपाल मुन्डन गर्ने गरेका छन् । मन्दिरका यी नाईहरूले हरेक वर्ष करिब १२ लाखको केश मुन्डन गर्छन् । अर्थात् तिरुमला मन्दिरमा मात्रै वर्षमा १२ लाखले आफ्नो कपाल (केश) चढाउछन् ।

यसरी कपाल खौँरदा ठूलो परिमाणमा कपाल संकलन हुने गर्छ । तिरुमला मन्दिरले सन् २०१९ मा १५७ टन कपाल लिलाम बिक्री गरेर १६ लाख डलर कमाइ गरेको थियो । कपाल मुन्डन धार्मिक अनुष्ठानकै एक हिस्साका रूपमा प्रचलित रहेको भारतमा थुप्रै मन्दिरहरूमध्ये तिरुमाला एक हो । यसरी जम्मा हुने अधिकांश कपाल पूर्वी भारतीय राज्य पश्चिम बंगाल पुग्छ । धेरैजसो कपालसम्बन्धी उद्योग यही राज्यमा छन् ।

कोलकाताबाट करिब ५० किलोमिटर टाढा रहेको गाउँ बनिबन जगदीशपुरका कामदारले विभिन्न आकारका विग (नक्कली कपाल) बुन्नुअघि कपाललाई फुकालेर संगाल्छन् । त्यसमा स्याम्पु लगाउँछन् र मिलाउँछन् । ‘मसँग वास्तविक उमेरभन्दा दश वर्ष कम उमेरको देखिन विवाहमा मात्रै लगाउने उद्देश्यले विग खोज्न आउने ग्राहक थुप्रै छन्, तर उनीहरूले त्यसलाई आफ्नो जीवनभर नै राख्ने गर्छन्,’ विग बुन्ने सिकन्दर अली गर्वसाथ भन्छन् ।

वस्तु तथा सेवा बजारबारे अनुसन्धान गर्ने अनुसन्धान संस्था एरिजटोनका अनुसार सन् २०२१ मा विग र नक्कली कपालसम्बन्धी अन्य उत्पादनको विश्वव्यापी बजार पाँच अर्ब ८० करोड डलर थियो । साथै, यो द्रुत गतिमा बढिरहेको बजार हो । विश्वमा खपत हुने एकतिहाइ नक्कली कपाल सिन्थेटिकको सट्टा वास्तविक मानव कपालबाट बुनिने गरेको छ । गत वर्ष भारतले ७७ करोड डलरबराबरको कपाल निर्यात गरेको थियो, जुन सन् २०२० को तुलनामा दोब्बर हो । कपालको गुणस्तरअनुसार मूल्य महँगो हुने हुँदा अधिकांश भारतीयले मानव रौँबाट बनेका यस्ता उत्पादन किन्नै सक्दैनन् । पश्चिम बंगालका निर्यातक मुस्ताक भन्छन्, ‘यो मुलायम हुने भएकाले इच्छाअनुसार कल्र्ड (घुघरिलो) बनाउन, सीधा पार्न सकिन्छ ।’

यो व्यापारको लागत न्यून हुने तर मार्जिन भने उच्च भएकाले तस्करहरू यसमा सहजै आकर्षित हुने गरेका छन् । भन्सार छल्न तस्करहरूले कपाललाई कपासको लेबल लगाएर चोरीपैठारी गर्र्ने गर्छन् । गत वर्ष भारतीय अधिकारीले चीन निर्यात हुन थालेको करिब दुई लाख ४३ हजार अमेरिकी डलर मूल्यबराबरको १२० झोला कपाल म्यानमारसँगको सीमाक्षेत्रबाट जफत गरेका थिए । भारतीय कपालको अर्को गन्तव्य बंगलादेश रहेको छ, जहाँ अपराधीहरूले विग स्विटसप (कामदारहरूलाई न्यून ज्यालामा धेरै घन्टा र खराब अवस्थामा काम गर्न लगाइने कारखाना) चलाउँछन् ।

यस वर्षको सुरुमा भारतले व्यापारीहरूलाई इजाजतपत्र अनिवार्य गरेर मानव कपालको निर्यातमा प्रतिबन्ध लगाएको छ । तर, यो नियमनकारी प्रावधानबाट तस्करहरू कसरी प्रभावित भए, त्यो भने स्पष्ट छैन । यद्यपि यो नियमले कच्चा पदार्थ निर्यातभन्दा घरेलु विग निर्माण (मूल्य अभिवृद्धि व्यवसाय)लाई प्रोत्साहित गर्नेमा उद्योगीहरू आशावादी छन् ।

अली यसो गर्नु भन्नुजति सजिलो नभएको ठान्छन् । भारतमा उपलब्ध हुने सबै कपाल प्रशोधन गर्न यहाँ पर्याप्त कारखाना नभएको र ठूला कम्पनीले मात्रै निर्यात गर्ने लाइसेन्स पाउने गरेको उनको भनाइ छ । ‘हामी सक्दैनौँ,’ उनी भन्छन् । आपूर्ति धेरै हुँदा कपालको मूल्य घटेको छ । कपाल आपूर्ति गर्ने एजेन्टहरू कामविहीन बनेका छन् । साना निर्यातक शेख हबिब यो व्यवसाय समस्यामा रहेको बताउँछन् । ‘अब मैले कपाल लगेर पोखरीमा मिल्काउनुपर्ने स्थिति छ,’ उनी गुनासो गर्छन् । तस्करीलाई नियन्त्रण नगरी हुँदैन । तर, समस्या यी वैध व्यापारीहरू पनि हुन्

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।