किन दान गर्ने भए जेफ बेजोसले आफ्नो अधिकांश सम्पत्ति ?

किन दान गर्ने भए जेफ बेजोसले आफ्नो अधिकांश सम्पत्ति ?

ई-कमर्स अमेजनका संस्थापक जेफ बेजोसले आफ्नो अधिकान्स सम्पति दान गर्ने घोषणा गरेका छन्। विश्वको सबैभन्दा धनाड्यको सूचीको चौथो स्थानमा रहेका बेजोसले गत शनिबार सिएनएनसँगको एक अन्तर्वार्तामा यस्तो घोषणा गरेका हुन्।

ब्लूमबर्ग अरबपति सूचकांकको रेकर्डअनुसार बेजोसको कुल सम्पति १२४ बिलियन डलर अर्थात् नेपाली करिब एक खर्ब २४ अर्ब रूपैयाँ छ। यसको अधिकान्स हिस्सा उनले दान गर्ने भएका हुन्।

सिएनएनका अनुसार बेजोसले आफ्नो सम्पत्ति दान गर्ने घोषणा गरेको यो पहिलो पटक हो। तर हालसम्म उनले कुनै ‘गिभिङ प्लेज’मा हस्ताक्षर गरेका छैनन्। अर्थात् दान दिन्छु भनी कुनै आधिकारिक कागपत्र हस्ताक्षर गरेका छैनन्। उनलाई कहिले र कसलाई भनेर समेत घोषणा गरेका छैनन्। आलोचकहरूले यसबारे बेजोसको आलोचना समेत गरिरहेका छन्।

Europass CV in Nepal

विश्वका धनाड्यहरूले आफ्नो अधिकांश सम्पत्ति परोपकारी कार्यहरूको लागि दान गर्ने वाचा गरिरहेका हुन्छन्। बेजोसले भने जलवायु परिवर्तन क्षेत्र र मानवीय क्षेत्रमा कार्य गर्ने मानिसहरूलाई समर्थन गर्न रकम दान गर्ने बताएका हुन्।

बेजोस र उनकी श्रीमती लरेन सान्चेजले हालै एक संगीत क्षेत्रकी पप आइकन डली पार्टनलाई पनि परोपकारी कामका लागि भन्दै एक सय मिलियन डलर अर्थात् १० करोड नेपाली रूपैयाँ दान गरेका छन्।

Europass CV in Nepal