मुख्य सामग्रीमा जानुहोस्
Thursday, 8 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
अन्तराष्ट्रिय

राहुल गान्धीको कार्यक्रममा झुक्किएर नेपाली राष्ट्रिय गान बजेपछि (भिडियो)

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । बुधबार भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीको ‘भारत जोडो यात्रा’ कार्यक्रम एक रमाइलो किस्साले चर्चित बन्यो ।गान्धीले राष्ट्रिय गान बजाउन भनेपछि मञ्चमा नेपालको राष्ट्रिय गान ‘सयौं थुंगा फूलको हामी’ बज्यो । गीत बज्दा सबै उभिए । सुरुमा त गान्धीसहित सबैजना सहज पनि देखिए । केही क्षणपछि असमञ्जस्यताको स्थिति देखियो ।

बजिरहेको नेपालको राष्ट्रिय गानलाई रोक्दै गान्धीले भारतको गीत ‘जनगणमन’ बजाउन निर्देशन दिए । फेरि पनि गान्धीले राष्ट्रिय गीत बजाउन भने दोस्रोपटक पनि नेपालको राष्ट्रिय गीत बज्यो ।

हुन त यो प्राविधिक गल्ती थियो तर यो भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । केही समयको अन्योलपछि बल्ल भारतको राष्ट्रिय गान बज्यो । यो किस्सालाई लिएर राहुल गान्धी ट्रोल बनिरहेका छन् ।

महाराष्ट्र राज्यको वासिम भन्ने ठाउँमा आयोजित उक्त कार्यक्रममा गान्धीले ३० मिनेटको भाषण पनि दिए । नेता गान्धी यतिबेला भारतीय कांग्रेसलाई गाउँसँग जोडने भन्दै भारत जोडो यात्रामा निस्किएका छन् ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।