बेलायतमा पहिलो पटक ओमिक्रोन संक्रमितको मृत्यु

बेलायतमा पहिलो पटक ओमिक्रोन संक्रमितको मृत्यु

। बेलायतमा पहिलो पटक कोरोनाको ओमिक्रोन भेरियन्टबाट मृत्यु भएको छ ।बेलायतको स्वास्थ्य मन्त्रालयले प्रधानमन्त्री बोरिस जोन्सनलाई ओमिक्रोन संक्रमितको मृत्यु भएको जानकारी गराएको छ । बेलायतमा एकैदिन १२ सय ३९ जना संक्रमित थपिएकै बेला एकजनाको मृत्यु समेत भएको हो ।

बेलायतको इङल्याण्ड र वेल्समा संक्रमण नियन्त्रण बाहिर गएको भन्दै चिन्ता थपिरहेकै बेला संक्रमितको मृत्यु भएपछि बेलायत सरकार र जनतामा त्रास फैलिएको छ  दक्षिण अफ्रिकाबाट फैलिएको ओमिक्रोन हाल ५७ बढी राष्ट्रमा फैलिइसकेको छ ।

नेपालमा पनि सचेतना अपनाइदै : रोकथाम तयारीमा जुट्यो प्रदेश १ सरकार

Europass CV in Nepal

नयाँ भेरिएन्टसहितको कोभिड महामारी रोकथाम तथा नियन्त्रणका लागि प्रदेश १ सरकार पुनः आवश्यक तयारीमा जुटेको छ । सोमबार विराटनगरस्थित आन्तरिक मामिला तथा कानून मन्त्रालयमा आयोजना गरिएको छलफलमा कोभिडको ओमिक्रोन भेरिएन्टबाट आम नागरिकलाई सुरक्षित राख्न सचेतना मुलक कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्ने र पूर्व तयारीमा रहने आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कालिप्रसाद पराजुुलीले जानकारी दिए ।

उनले प्रदेश १ मा खोपलाई कसरी प्रभावकारी बनाउने भन्ने चुुनौती रहेको बताए । सचिव पराजुलीले सुरक्षाको लागि कोभिड विशेष अस्पताल, आइसोलेसन तथा होल्डिङ सेन्टरको व्यवस्थापनका साथै आवश्यक स्वास्थ्य सामग्री तथा जनशक्तिको पनि तयारी अवस्थामा रहन सुरक्षा निकाय तथा जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य साखालगायतलाई निर्देशन दिएका छन् ।

त्यस्तै उनले कोभिडको जोखिमलाई मध्यनजर गर्दै प्रदेश सरकारले सीमा क्षेत्रहरुमा समेत आवश्यक कडाई गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । सचिव पराजुलीले सीमा क्षेत्रबाट प्रबेश गर्ने सबैको एन्टिजेन परीक्षण गर्न आवश्यक रहेको बताए ।

उनले मास्क अनिवार्य गर्न लगाउने र नमाने १ सय जरिवान पुनः लागू गर्नुपर्ने बताए । सो छलफल कार्यक्रममा प्रदेश १ नेपाली सेनाका प्रमुख, नेपाल प्रहरी प्रमुख डीआईजी, ससस्त्र प्रहरी प्रमुख, जिल्ला प्रशासन कार्यालय मोरङ, जनस्वास्थ्य कार्यालय मोरङ, सामाजिक विकास मन्त्रालयलगायत स्वास्थ्य निकायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Europass CV in Nepal