मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 6 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
अन्तराष्ट्रिय

माल्टामा गाँजालाई वैधानिकता, एक परिवारले ४ वटासम्म बोट हुर्काउन पाउने

Himali Patrika 1 मिनेट पढाइ

काठमाण्डाै । युरोपेली देश माल्टाले व्यक्तिगत प्रयोगको लागि गाँजालाई वैधानिकता दिने कानुन पास गरेको । यसै हप्तादेखि लागु हुनेगरी नयाँ कानुन संसदबाट पास भएपछि माल्टामा गाँजाको व्यक्तिगत प्रयोगलाई वैधानिकता मिलेको बेलायती पत्रिका द गार्जियनले जनाएको छ ।

संसदबाट पारित भएको कानुनलाई राष्ट्रपतिले प्रमाणित गरेपछि यसै हप्ताबाट लागु हुने माल्टाका मन्त्री ओवेन बोनिचीले बताएको खबरमा उल्लेख छ । उहाँले गाँजाको व्यक्तिगत प्रयोगलाई वैधानिकता दिँदा आपराधीकरण घट्ने र मानिसले औषधिको रुपमा समेत सजिलै प्रयोग गर्न पाउने भएकाले खुसी लागेको बताउनुभएको छ । माल्टा गाँजालाई वैधानिकता दिने पहिलो युरोपेली देश समेत बनेको छ ।

माल्टामा अब १८ वर्ष माथिका नागरिकले ५० ग्रामसम्म सुख्खा गाँजाको भण्डारण गर्न सक्नेछन् भने घरमा चारवटा सम्म गाँजाका बिरुवा हुर्काउन पाइनेछ । सात ग्रामसम्म गाँजा साथमा लिएर हिँड्न अनुमति दिइनेछ । युरोपका अन्य देशमा पनि गाँजालाई वैधानिकता दिने विषयको बहस चर्किएको छ । सन् २०२२ मा युरोपका धेरै देशले गाँजाको वैधानिकताबारे निर्णय गर्ने सम्भावना रहेको छ ।

इटलीमा आउँदो वर्ष गाँजा प्रयोगको विषयमा जनमत संग्रह नै गर्ने तयारी रहेको पनि गार्जियनले जनाएको छ । संयुक्त राष्ट्रसंघले गएको वर्ष नै गाँजालाई अति खतरनाक लागुपदार्थको सूचीबाट हटाएको थियो ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।