अमेरिकाले भन्यो : नेपाल अन्तराष्ट्रिय आतंकवादी संगठनको क्रिडास्थल बन्ने जोखिम

अमेरिकाले भन्यो : नेपाल अन्तराष्ट्रिय आतंकवादी संगठनको क्रिडास्थल बन्ने जोखिम

काठमाडौं । अमेरिकाले नेपाल अन्तर्राष्ट्रिय आतंकवादी संगठनको क्रिडास्थल बन्नसक्ने खतरा औंल्याइएको छ । अमेरिकी बिदेशमन्त्री एन्टोनी ब्लिंकेनले बिहीवार सार्वजनिक गरेको आतंकवादसम्बन्धी नयाँ प्रतिवेदनमा नेपाल अन्तर्राष्ट्रिय आतंकवादी संगठनको ट्रान्जिट प्वाइन्ट वा क्रिडास्थल बन्नसक्ने जोखिम औंल्याइएको छ ।

त्यस्तो जोखिम हुनुमा भारतसँग खुला सिमाना भएको र मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा मापदण्ड र व्यवस्था अपर्याप्त हुनुलाई अमेरिकाले कारणको रुपमा उल्लेख गरेको छ ।

सन् २०१८ को प्रतिवेदनमा अमेरिकाले नेपाललाई आतंकवादीको उर्वर भूमिको रुपमा उल्लेख गरेको थियो । तर, अहिलेको प्रतिवेदनमा भने जोखिम मात्र औंल्याइएको छ ।

Europass CV in Nepal

सन् २०१५ देखि २०१८ सम्मको प्रतिवेदनमा अमेरिकाले इन्डियन मुजाहिद्दिनले नेपालसम्म क्षेत्र विस्तार गरेको र नेपाल इन्डियन मुजाहिद्दिनको ठूलो हब रहेको बताएको थियो । तर, यसपटक भने भारतसँगको खुला सीमा मात्र सुरक्षा जोखिमको रुपमा रहेको भनिएको छ ।

अमेरिकी विदेश मन्त्रालय अन्तर्गतको ब्यूरो अफ काउन्टर टेररिज्मले यस्तो प्रतिवेदन निकालेको हो । सन् २०२० मा नेपालमा अमेरिकाविरोधी कुनै आतंकवादी गतिविधि नभएको प्रतिवेदनमा उल्लेख छ ।

नेत्रविक्रम चन्द विप्लव समूह हिंसा त्यागेर शान्तिप्रक्रियामा आइसकेको उल्लेख गर्दै अमेरिकाले विप्लवले समूहले सन् २०२० मा गरेका हिंसात्मक गतिविधिलाई जनाएको छ । अघिल्लो प्रतिवेदनमा पूर्व आतंकवादी भनेको अमेरिकाले यसपटक भने पूर्व हिंसात्मक अतिवादी भनेर सम्बोधन गरेको छ ।

आतंकवादलाई लिएर नेपालको आफ्नै खाले परिभाषा नरहेको भन्दै अमेरिकाले प्रतिवेदनमा मध्यपूर्वमा देखिएको आतंकवादी गतिविधिको असर नेपालमा समेत पर्न सक्ने जोखिम औंल्याइएको छ ।

Europass CV in Nepal