मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 6 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
अन्तराष्ट्रिय

चीनले बनायो संसारको तेस्रो ठूलो वायु सेना

Himali Patrika 1 मिनेट पढाइ

बेइजिङः चीनले संसारकै तेस्रो ठूलो वायु सैन्य बल तयार गरेको छ। चीनको पिपुल्स लिवरेसन आर्मी एयर फोर्स (पीएलएएएफ) र पिपुल्स लिवरेसन आर्मी नेभी (पीएलएएन)ले संसारकै तेस्रो ठूलो वायु सैन्य बल तयार गरेको हो।

दक्षिण चीन सागरमा अमेरिकी सेनाको बढ्दो उपस्थितिलाई मध्यनजर राख्दै आफूले सो तयारी गरेको चीनको दाबी छ। अमेरिकी रक्षा विभागद्वारा नोभेम्बरमा जारी वार्षिक प्रतिवेदनले चीनले दक्षिण एसियाकै ठूलो र संसारको तेस्रो ठूलो वायु रक्षा बल तयार गरेको जानकारी दिएको हो।

विभागका अनुसार ड्रोन र ट्रेनर विमानबाहेक पीएलएएएफ र पीएलएएनसँग हालः हाराहारी २८ सय सैन्य विमान छन्। जसमध्ये २२ सय ५० लडाकु विमान हुन् भने ६ सय विमान फोर्थ जेनेरेसन जेट विमान हुन्। लामो दूरीसम्म वायु शक्ति ओगट्न, आक्रामक र रक्षात्मक कार्यको लागि चीनले वायु क्षमता तयार गरेको विभागको रिपोर्टमा उल्लेख छ। हालसम्म संसारमा सबैभन्दा ठूलो वायु सेना बल अमेरिकासँग छ भने दोस्रो ठूलो वायु सेना बल रुससँग छ।

इराकको सुरक्षित क्षेत्रमा दुईवटा रकेट प्रहार

बग्दादः इराकको राजधानी बग्दादस्थित सुरक्षित क्षेत्रमा दुईवटा रकेट प्रहार भएका छन्। बग्दादस्थित अमेरिकी दूतावासलाई लक्षित गर्दै सो क्षेत्रमा आइतबार बिहानै दुई वटा रकेट प्रहार भएका हुन्।

स्थानीय मिडियाकाअनुसार अमेरिकी दूतावाससहित इराकका अधिकांश सरकारी कार्यालय भएको ग्रिन जोन क्षेत्रमा आइतबार बिहानै दुई वटा रकेट प्रहार भएका हुन्। जसमध्ये एउटा रकेटलाई सी र्‍याम डिफेन्स प्रणालीमार्फत् नष्ट गरिएको छ भने दोस्रो रकेट नजिकैको क्षेत्रमा खस्दा दुईवटा कारमा क्षति पुगेको छ।

यद्यपि सो रकेट प्रहारबाट अन्य क्षति भने नभएको बताइएको छ। रकेट प्रहार किन र कसले गरेको भन्नेबारे अनुसन्धान भइरहेको बताइएको छ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।