चीनले बनायो संसारको तेस्रो ठूलो वायु सेना

चीनले बनायो संसारको तेस्रो ठूलो वायु सेना

बेइजिङः चीनले संसारकै तेस्रो ठूलो वायु सैन्य बल तयार गरेको छ। चीनको पिपुल्स लिवरेसन आर्मी एयर फोर्स (पीएलएएएफ) र पिपुल्स लिवरेसन आर्मी नेभी (पीएलएएन)ले संसारकै तेस्रो ठूलो वायु सैन्य बल तयार गरेको हो।

दक्षिण चीन सागरमा अमेरिकी सेनाको बढ्दो उपस्थितिलाई मध्यनजर राख्दै आफूले सो तयारी गरेको चीनको दाबी छ। अमेरिकी रक्षा विभागद्वारा नोभेम्बरमा जारी वार्षिक प्रतिवेदनले चीनले दक्षिण एसियाकै ठूलो र संसारको तेस्रो ठूलो वायु रक्षा बल तयार गरेको जानकारी दिएको हो।

विभागका अनुसार ड्रोन र ट्रेनर विमानबाहेक पीएलएएएफ र पीएलएएनसँग हालः हाराहारी २८ सय सैन्य विमान छन्। जसमध्ये २२ सय ५० लडाकु विमान हुन् भने ६ सय विमान फोर्थ जेनेरेसन जेट विमान हुन्। लामो दूरीसम्म वायु शक्ति ओगट्न, आक्रामक र रक्षात्मक कार्यको लागि चीनले वायु क्षमता तयार गरेको विभागको रिपोर्टमा उल्लेख छ। हालसम्म संसारमा सबैभन्दा ठूलो वायु सेना बल अमेरिकासँग छ भने दोस्रो ठूलो वायु सेना बल रुससँग छ।

Europass CV in Nepal

इराकको सुरक्षित क्षेत्रमा दुईवटा रकेट प्रहार

बग्दादः इराकको राजधानी बग्दादस्थित सुरक्षित क्षेत्रमा दुईवटा रकेट प्रहार भएका छन्। बग्दादस्थित अमेरिकी दूतावासलाई लक्षित गर्दै सो क्षेत्रमा आइतबार बिहानै दुई वटा रकेट प्रहार भएका हुन्।

स्थानीय मिडियाकाअनुसार अमेरिकी दूतावाससहित इराकका अधिकांश सरकारी कार्यालय भएको ग्रिन जोन क्षेत्रमा आइतबार बिहानै दुई वटा रकेट प्रहार भएका हुन्। जसमध्ये एउटा रकेटलाई सी र्‍याम डिफेन्स प्रणालीमार्फत् नष्ट गरिएको छ भने दोस्रो रकेट नजिकैको क्षेत्रमा खस्दा दुईवटा कारमा क्षति पुगेको छ।

यद्यपि सो रकेट प्रहारबाट अन्य क्षति भने नभएको बताइएको छ। रकेट प्रहार किन र कसले गरेको भन्नेबारे अनुसन्धान भइरहेको बताइएको छ।

 

Europass CV in Nepal