मुख्य सामग्रीमा जानुहोस्
Friday, 9 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
अन्तराष्ट्रिय

एलन मस्क उछिन्दै बर्नार्ड अर्नाल्ट बने विश्वका धनाढ्य व्यक्ति

Himali Patrika 1 मिनेट पढाइ

विश्वको सर्वाधिक धनाढ्य व्यक्तिको सूचीको पहिलो स्थानमा फ्रान्सेली अर्बपति बर्नार्ड अर्नाल्टको नाम आएको छ। फोर्ब्सको रियल-टाइम धनाढ्यको सूचीअनुसार एलन मस्कलाई पछि पार्दै अर्बपति बर्नार्डले आफ्नो नाम अघि सारेका हुन्।

नेपाली समय अनुसार बिहीबार ५ बजेसम्म बर्नार्डको कुल सम्पति १८५.७ अर्ब डलर रहेको छ। मस्कको भने सम्पतिमा ३.८ अर्ब डलरको गिरावट देखिएको छ। उनको कुल सम्पति अहिले १८५.४ अर्ब डलर छ।

७३ वर्षीय बर्नार्ड अर्नाल्ट चर्चित फेसन ब्रान्ड लुई भिटनका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुन्। ५१ वर्षीय मस्क टेस्ला र स्पेसएक्सका सिइओ हुन्। उनले हालै ट्विटर इंक पनि खरिद गरेर यसका सिइओ बनेका छन्।

फोर्ब्सका अनुसार टेस्लाको सेयरमा गिरावट आउँदा मस्कको सम्पत्तिमा पनि गिरावट आइरहेको हो। अर्कातर्फ लुई भिटनको सेयर बढ्दा बर्नार्ड र उसको परिवारको सम्पत्ति बढिरहेको हो।

सूचीको तेस्रो स्थानमा भारतका गौतम अदानी छन्। उनको कुल सम्पति १३४.८ अर्ब डलर रहेको छ। अमेजनका सिइओ जेफ बेजोस भने सूचीको चौथो स्थानमा छन्। उनको कुल सम्पति १११.८ अर्ब डलर रहेको छ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।